भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जय भिमसेन सहकारीको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, सहकारीको विश्वसनीयता कायम रहेको प्रतिवेदन

जय भिमसेन सहकारीको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, सहकारीको विश्वसनीयता कायम रहेको प्रतिवेदन

भक्तपुर, ३१ साउन । जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ । भक्तपुरको गोलमढीस्थित किवाननी रेष्टुरेन्टमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्री दश बहादुर मानन्धरको सभापतित्व रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मानन्धरले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण संस्थाको नाफामा केही असर परेको स्वीकार गरे । तथापि, आगामी वर्षका लागि नयाँ योजनाहरू ल्याई सञ्चालन समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहकार्यमा सहकारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वअध्यक्ष तथा शिक्षा उपसमितिका संयोजक श्री रत्नबहादुर शिल्पकारले सबै सदस्य एकजुट भएर संस्था अघि बढाउनुपर्नेमा जोड दिँदै स्वागत मन्तव्य राखे । कोषाध्यक्ष श्री बिकुनारायण कवांले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव श्री सुरज कवांले वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्यक्रम सार्वजनिक गरे ।

लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बुद्धराम शिल्पकारले राम्रा र सुरक्षित ऋण लगानीमार्फत मात्र मुनाफा सुनिश्चित गर्न सकिने बताए । निवर्तमान अध्यक्ष श्री रामकाजी शिल्पकारले सामूहिक लगानीबाट जोखिम न्यूनीकरण हुने भएकाले संस्थाले सामूहिक लगानीमा जोड दिनुपर्ने बताए । सल्लाहकार श्री पुरुषोत्तम ग्वाच्छाले फरक व्यवसाय तथा पेशा भएका सदस्यहरूको सहभागिताले संस्था समृद्ध हुन सक्ने विचार राखे। गहन अध्ययनपछि मात्र लगानी गर्नुपर्नेमा पनि उनले जोड दिए ।

संस्थाका सदस्य श्री दिनेश सुवालले हाल देशभर सहकारीहरू निक्षेप फिर्ता गर्न नसकी सञ्चालक फरार हुने अवस्थाका बीच जय भिमसेन सहकारीमा सदस्यहरूको विश्वास कायम रहेको उल्लेख गर्दै तरलता व्यवस्थापनमा नयाँ कदम चाल्नुपर्नेमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.