भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

महाभारतमा फैलिएको आगो नियन्त्रण गर्न सबै निकायको शक्ति परिचालन, नारायणस्थानमा जान रोक

महाभारतमा फैलिएको आगो नियन्त्रण गर्न सबै निकायको शक्ति परिचालन, नारायणस्थानमा जान रोक

काभ्रे । काभ्रेको महाभारतमा मङ्गलवारदेखि शुरू भएको आगो नियन्त्रणमा आउन सकेको छैन । काभ्रेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा नआएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने विहीवार गरेको छ । आगो नियन्त्रणका लागि विपद् व्यवस्थापनसम्बन्धी सरोकारवाला सम्पूर्ण निकायबाट जनशक्ति परिचालन भएका छन् ।

बेथानचोक र महाभारत गाउँपालिकाको सीमामा पर्ने खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा लागेको आगो निभाउन सुरक्षाकर्मी, स्थानियवासीसहित डिभिजन वन कार्यालय धुलिखेलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानवबस्तीतर्फ आगोलाई आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि गृह मन्त्रालयसँग थप समन्वय गरी आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.