भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

श्रम विभागको कडाइ: नेपाली श्रमिकलाई प्राथमिकता, विदेशी ल्याउन ‘जब पोर्टल’ अनिवार्य

श्रम विभागको कडाइ: नेपाली श्रमिकलाई प्राथमिकता, विदेशी ल्याउन ‘जब पोर्टल’ अनिवार्य

काठमाडौँ, २९ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी श्रमिकको संख्या बढ्दै गएपछि विभागले अब नेपाली श्रमिकलाई प्राथमिकता दिने नीति लागु गर्दै विदेशी श्रमिक ल्याउने प्रक्रियामा कडाइ गर्ने भएको हो।

विभागका अनुसार अब कुनै पनि कम्पनीले विदेशी श्रमिक ल्याउनुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘जब पोर्टल’मा अनिवार्य रूपमा विज्ञापन गर्नुपर्नेछ। विज्ञापनमार्फत नेपालमै आवश्यक जनशक्ति उपलब्ध नभएको प्रमाणित भएपछि मात्रै विदेशी श्रमिकलाई अनुमति दिइने छ। ‘

विभागका तथ्याङ्क अनुसार हाल विभिन्न ७४ देशका करिब दुई हजार ५११ विदेशी श्रमिकहरूले नेपालमा काम गरिरहेका छन्। चालु आर्थिक वर्षमा मात्र ८१५ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। चीनबाट ल्याइएका श्रमिकहरू सबैभन्दा बढी संख्या, करिब ७० प्रतिशत, ओगटेका छन्। त्यसका साथै बेलायत, जापान, अमेरिका, कोरिया र भारतबाट पनि विदेशी श्रमिकहरू रहेका छन्।

विभागले आफ्नो सेवा प्रवाहलाई पनि डिजिटल बनाउँदैछ। हालैदेखि उद्योग–प्रतिष्ठानहरूले गर्नुपर्ने श्रम अडिटको प्रक्रिया सजिलो बनाउन नयाँ सफ्टवेयर विकास गरिएको छ जसले व्यवसायीहरूले अनलाइनबाटै रिपोर्ट बुझाउन सक्नेछन्। 

सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न प्रदेशस्तरमा विशेष अभियान पनि सञ्चालन गर्दैछ। प्रदेशहरूमा बनाइएका टोलीहरूले अनुगमन गर्ने, रोजगारदाता र सरोकारवालासँग छलफल गर्ने कार्यहरू गर्नेछन्। साथै, उत्कृष्ट स्वास्थ्य र सुरक्षा अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्ने तयारी पनि छ।

विभागले चालु आर्थिक वर्षमा करिब तीन हजार प्रतिष्ठानको श्रम निरीक्षण, बालश्रम निरीक्षण र श्रम अडिट गरेको छ। साथै श्रमिक आपूर्तिकर्ता कम्पनीहरू दर्ता गर्दै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने कार्य पनि सक्रिय रूपमा भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.