भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

शिवपुरी डाँडा हेलिकप्टर दुर्घटना: पाँच जनाको शव भेटियो

शिवपुरी डाँडा हेलिकप्टर दुर्घटना: पाँच जनाको शव भेटियो

काठमाडौं । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना यात्रुहरु सवार थिए । हेलिकप्टरमा चिनियाँ पर्यटक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका छन् ।

क्याप्टेन अरुण मल्लले हेलिकप्टर उडाएका थिए । हालसम्म पाँच जनाको शव फेला परेको बताइएको छ । पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको नुवाकोट प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

शिवपुरी गाउँपालिका–७ जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.