भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भोजपुरको सिद्धकाली शक्तिपीठ: धार्मिक पर्यटनको उदाउँदो गन्तव्य

भोजपुरको सिद्धकाली शक्तिपीठ: धार्मिक पर्यटनको उदाउँदो गन्तव्य

भोजपुर, ५ मंसिर । धार्मिक महत्त्वका लागि प्रसिद्ध भोजपुरको सिद्धकाली शक्तिपीठ पछिल्ला वर्षहरूमा धार्मिक पर्यटनको आकर्षक केन्द्रका रूपमा विकसित हुँदै गएको छ । स्वस्थानी व्रत कथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भएको स्थानमै यो शक्तिपीठ उत्पत्ति भएको मानिन्छ, जसले यहाँको धार्मिक प्रतिष्ठालाई अझ गहिरो बनाएको छ ।

देश–विदेशबाट यहाँ भक्तजनको आवागमन बढ्दो छ । सिद्धकालीको दर्शन गर्दा रोग–व्याध नष्ट हुने, शान्ति, समृद्धि र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय पण्डित कमल दाहाल बताउँछन् । विशेष भाकल गर्न चाहने भक्तहरू विशेषगरी वर्षभर विभिन्न अवसरमा यहाँ पुग्ने गरेका छन् । शक्तिपीठमा आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा, भजन–कीर्तन र धार्मिक कार्यक्रम हुने गर्छन् ।

सिद्धकाली क्षेत्र नजिकै महादेव, गणेश, शनिदेव, राधाकृष्ण र हनुमानका मन्दिर रहेका छन् । साथै आसपासका क्षेत्रमा स्थित सिद्ध गुफा र नारायण गुफा पनि भक्तजनका लागि मुख्य आकर्षण बनेका छन् । यी सम्पूर्ण धार्मिक स्थलहरूको संगमले सिद्धकाली क्षेत्रलाई भोजपुरको महत्वपूर्ण धार्मिक–पर्यटन गन्तव्यको रूपमा उभ्याइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.