भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अनावश्यक कर्मचारीले भरियो सिंहदरबार

अनावश्यक कर्मचारीले भरियो सिंहदरबार

काठमाडौं । सिंहदरबारका ४ वटा निकायमा एकैदिन २२२ कर्मचारी छड्केमा परेपछि अनावश्यक कर्मचारीले सिंहदरबार भरिएको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित शहरी विकास तथा भवन निर्माण विभाग र पुरातत्व विभागमा छड्के गर्दा ७८ जना कर्मचारी कामै नभएर अनुपस्थित भएको पाइएको होे ।

७१ जना कर्मचारी तोकिएको समयभन्दा ढिलो कार्यालय आए भने ५३ जना कार्यकक्षमै भेटिएनन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा १३३ जना छड्के पर्दा त्यहाँ ४८ कर्मचारी आवश्यक भन्दा बढी देखियो ।

४२ जना अनुपस्थित रहेको र २५ जना ढिलो कार्यालय आएको भेटियो । काम नै नभएपछि कर्मचारी कार्यालय नआउने, आउँदा पनि ढिला आउने र आएपछि काम नगरी बरालिएर हिड्ने गरेको सतर्कता केन्द्रका एक अधिकारी बताए । सिंहदरबारमै कर्मचारीहरू थुप्रिँदा प्रदेश र स्थानीय तहका कार्यालयमा कर्मचारी भने अभाव छ ।

 


Thali Mobile Pvt.Ltd.