भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अनावश्यक कर्मचारीले भरियो सिंहदरबार

अनावश्यक कर्मचारीले भरियो सिंहदरबार

काठमाडौं । सिंहदरबारका ४ वटा निकायमा एकैदिन २२२ कर्मचारी छड्केमा परेपछि अनावश्यक कर्मचारीले सिंहदरबार भरिएको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित शहरी विकास तथा भवन निर्माण विभाग र पुरातत्व विभागमा छड्के गर्दा ७८ जना कर्मचारी कामै नभएर अनुपस्थित भएको पाइएको होे ।

७१ जना कर्मचारी तोकिएको समयभन्दा ढिलो कार्यालय आए भने ५३ जना कार्यकक्षमै भेटिएनन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा १३३ जना छड्के पर्दा त्यहाँ ४८ कर्मचारी आवश्यक भन्दा बढी देखियो ।

४२ जना अनुपस्थित रहेको र २५ जना ढिलो कार्यालय आएको भेटियो । काम नै नभएपछि कर्मचारी कार्यालय नआउने, आउँदा पनि ढिला आउने र आएपछि काम नगरी बरालिएर हिड्ने गरेको सतर्कता केन्द्रका एक अधिकारी बताए । सिंहदरबारमै कर्मचारीहरू थुप्रिँदा प्रदेश र स्थानीय तहका कार्यालयमा कर्मचारी भने अभाव छ ।

 


Thali Mobile Pvt.Ltd.