भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

सिपाडोलबासीको पैदल हिड्रने बाध्यता मध्यनजर गरी आदर्श वस स्टपदेखि अटोमोवाइल्स सञ्चालन

सिपाडोलबासीको पैदल हिड्रने बाध्यता मध्यनजर गरी आदर्श वस स्टपदेखि अटोमोवाइल्स सञ्चालन

भक्तपुर । भक्तपुरको आदर्श वस स्टपदेखि डोलेश्वर मन्दिरसम्म जानका लागि शनिबारदेखि अटोमोवाइल्स सञ्चालनमा ल्याइएको छ । जनगुनासो आएपछि जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले एक समारोहवीच कार्यक्रमको उदघाटन गरे । सहज यातायात नहुदा समस्या भोग्नु परेको भक्तालुको पनि गुनासो थियो । साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेले अटोमोवाइल्स सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्स सञ्चालनमा आएपछि स्थानीयलाई सहता पैदा भएको शाखा प्रबन्धक संगम लामाले बताए ।

आदर्श र सूर्यविनायक चोक गरी दुई ठाउँंबाट सञ्चालन सुरु गरिएको हो । पाँंचपाँंच वटा गरी दश वटा अटोमोवाइल्स सञ्चालनमा आएको लामाले जानकारी दिए । एउटा रुट आदर्शदेखि सिपाडोल वडा कार्यालय हुँदै दोरलागसम्म जाने छ भने अर्को रुट सूर्यविनायकदेखि गणेशस्थान हुँंदै घ्याम्पेडाँंडा, आशापुरीसम्म पुग्ने छ । विहान पाँंच वजेदेखि साँंझ सात बजेसम्म सञ्चालन हुने भएकाले यस क्षेत्रकाबासिन्दालाई किनमेल, पुजापाठ र बजार आवतजावत गर्न सहज हुने छ ।

टाढाटाढाबाट भक्तपुर नगरपालिका क्षेत्रका कलेजहरुमा पढ्न आउने विद्यार्थीलाई विशेष सुविधा मिल्ने स्थानीयको विश्वास छ । करिव ६ महिनादेखि निरन्तरको प्रयासले अटोमोवाइल्स सञ्चालन गर्न सफल भएको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले बताए । यसले वडाबासीलाई ठूलो राहत मिलेको उनको भनाइ छ । यस अघि १० किलोमिटर दुरीको भक्तपुर नगरपालिका क्षेत्र आउन वडाबासी पैदल हिडनुपर्ने बाध्यता थियो ।

ट्याक्सीमा एक हजारबढी रपैयाँं तिरेर जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयको भनाइ छ । रुट अनुसार अटोमोवाइल्समा जाने यात्रुहरुका लागि सूर्यविनायक नगरपालिकासँंगको सहमतिमा सस्तो भाडादर कायम गरिएको संचालकको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.