भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पीएसबी लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धा

पीएसबी लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धा

काठमाडौं । सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको लोगो खुल्ला प्रतिश्पर्धाबाट छनौट गरिने भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकिकृत गरी सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गरेपछि पीएसबी नेपालले नयाँ लोगो खुला प्रतिश्पर्धाको आधारमा छान्ने भएको हो । पीएसबी नेपाल सञ्चालक समितिको यही पुष १४ गतेको निर्णयअनुसार संस्थाको लोगो निर्माणका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ वा संस्थाले आवेदन दिन सक्ने सूचना प्रकाशित गरिएको छ ।

लोगो निर्माणका लागि आवेदन दिन फर्म, कम्पनी वा संस्थाको हकमा दर्ता प्रमाणपत्र र नियमानुसार कर चुक्ताको प्रतिलिपि तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्र निवेदनका साथ अनिवार्य बुझाउनुपर्ने छ । गोरखापत्रमा यही पुष १७ गते प्रकाशित सूचना अनुसार इच्छुक व्यक्ति वा संस्थाले यही पौष २३ गतेभित्र निवेदन दिनुपर्ने छ। निवेदन सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालय रेडियो नेपाल, नेपाल टेलिभिजनको इमेल ठेगाना rne@radionepal.gov.np मा पठाउन भनिएको छ ।

प्रतिस्पर्धामा सहभागिता जनाएका आवेदकहरुको सूची तयार गरी संस्थाको अवधारणा अनुसार लोगो निर्माण कार्य अगाडि बढाइने सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालयले जनाएको छ ।नागरिकका लागि सेवा प्रसारण भन्ने मान्यता अनुसार नै संस्थाको लोगो निर्माणका लागि खुला प्रतिस्पर्धाबाट छनौट गर्न लागिएको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.