भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिस्नेरी सडकमा पहिरो, तीनवटा मेसिनले हटाउने प्रयास

सिस्नेरी सडकमा पहिरो, तीनवटा मेसिनले हटाउने प्रयास

मकवानपुर, २ भाद्र । काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक ४८ घण्टा बित्दा पनि अवरुद्ध रहँदा यात्रु र स्थानीयलाई ठूलो असुविधा भएको छ। शनिवार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरोले मुख्य सडक अवरुद्ध भएको थियो।

प्रदेश सरकारले निर्माण गरिरहेको उक्त सडकमा २४ घण्टापछि डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो। तर आइतबार दिनभर तीनवटा मेसिन प्रयोग गरेर सडक खोल्ने प्रयास भए पनि साँझ परेको पानीले पुनः पहिरो खस्दा काम रोकिएको थियो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडाले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेको छ। आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेर काम भइरहेको छ।

एक्स्काभेटर र जेसिबीले दुईतर्फबाट बाटो खुलाउने काम गरिरहेको छ। सडक साँघुरो र जोखिमयुक्त भएकाले मेसिन थप गर्ने अवस्था छैन। बिहानैदेखि पहिरो हटाउने काम भए तापनि माथिबाट ढुङ्गा–माटो खस्ने क्रम जारी रहँदा कठिनाइ भइरहेको यादवले बताए।

यो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राजधानी मार्ग नामकरण गरी निर्माण गरेको हो। काठमाडौँतर्फको केही भाग कालोपत्रे गर्न अझै बाँकी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.