भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सिस्नेरी सडकमा पहिरो, तीनवटा मेसिनले हटाउने प्रयास

सिस्नेरी सडकमा पहिरो, तीनवटा मेसिनले हटाउने प्रयास

मकवानपुर, २ भाद्र । काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक ४८ घण्टा बित्दा पनि अवरुद्ध रहँदा यात्रु र स्थानीयलाई ठूलो असुविधा भएको छ। शनिवार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरोले मुख्य सडक अवरुद्ध भएको थियो।

प्रदेश सरकारले निर्माण गरिरहेको उक्त सडकमा २४ घण्टापछि डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो। तर आइतबार दिनभर तीनवटा मेसिन प्रयोग गरेर सडक खोल्ने प्रयास भए पनि साँझ परेको पानीले पुनः पहिरो खस्दा काम रोकिएको थियो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडाले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेको छ। आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेर काम भइरहेको छ।

एक्स्काभेटर र जेसिबीले दुईतर्फबाट बाटो खुलाउने काम गरिरहेको छ। सडक साँघुरो र जोखिमयुक्त भएकाले मेसिन थप गर्ने अवस्था छैन। बिहानैदेखि पहिरो हटाउने काम भए तापनि माथिबाट ढुङ्गा–माटो खस्ने क्रम जारी रहँदा कठिनाइ भइरहेको यादवले बताए।

यो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राजधानी मार्ग नामकरण गरी निर्माण गरेको हो। काठमाडौँतर्फको केही भाग कालोपत्रे गर्न अझै बाँकी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.