भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

स्कर्पियो दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

स्कर्पियो दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

काठमाडौं । रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो । गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन् ।

तीव्र गतिको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किँएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए । सो दुर्घटना परी मृत्यु हुने र घाइते सबै यात्रु सिरहाकै रहेको रौतहट प्रहरीले जनाएको छ । मृतकहरुमा सात जना महिला र एक जना पुरुष रहेका छन् । मृत्यु हुनेहरुमा सिरहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवती देवी महरा, सोही टोलका ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महंगी देवी महरा, ६२ वर्षिया फुलमन्ती देवी चमार, ६० वर्षिया रामकुमारी देवी महरा, ३० वर्षिया सकुन्तला देवी महरा रहेका छन् ।

त्यस्तै गाडी चालक सिरहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षिय श्रीकुमार यादवको पनि मृत्यु भएको छ । दुर्घटनामा सिरहाको अर्नामा गाउँपालिका –३ का उमेश रामको श्रीमती ३० वर्षिया राधा राम, उमेश रामकै छोरा २ वर्षका आर्यन राम, सोही ठाउँका गणेश रामको २५ वर्षिया श्रीमति देव कुमारी महरा, गणेशको छोरा ७ वर्षका रितिक महरा र ६० वर्षिया कन्या देवी महरा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने एकजना गम्भीर घाइते कन्या देवी महरालाई चपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बयोधा अस्पताल विरगंज रेफर गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.