भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

रवि लामिछानेसँग दुर्व्यवहारः मानव अधिकार आयोगले खोज्यो

रवि लामिछानेसँग दुर्व्यवहारः मानव अधिकार आयोगले खोज्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरेर चितवनबाट पोखरा लगिएको भन्ने आरोपका बारेमा नेपाल प्रहरीका उच्च अधिकारीसँग छलफल पर्याप्त नभएको भन्दै महानिरीक्षकसँग छलफल गरेर निष्कर्षमा पुग्ने राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ। थुनुवाको मानव अधिकार हनन हुने गरी जिल्ला सारिएको आरोपका बारेमा सत्यतथ्य जान्न आयोगले नेपाल प्रहरीका अधिकारीहरूलाई सोमवार आफ्नो कार्यालयमा बोलाएको थियो ।

तर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राजधानी बाहिर रहेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की आयोगको कार्यकक्षमा पुगेका थिए। कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पनि हुन् । आयोगका प्रवक्ता टीकाराम पोखरेलले भने, ‘उहाँहरूले आफ्नो बचाउमा कुराहरू राख्नुभयो। शान्ति सुरक्षासहितका कारणले त्यसो गरिएको भन्नुभयो।

तर माथिल्लो तहमा अझै छलफल गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’ मानव अधिकार आयोगका प्रवक्ताले भने, “अहिले उहाँ काठमाण्डूबाहिर हुनुहुँदो रहेछ। हामी अझ माथिल्लो तहमा अब छलफल गर्छौँ। हामी अहिले कुनै निष्कर्षमा पुगिसकेका छैनौँ।” सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दामा अनुसन्धान गर्न भन्दै भूतपूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई ५३ दिनदेखि हिरासतमा राखिएको छ। त्यस्तो अनुसन्धान उनी राजनीतिमा आउनुअघि सञ्चारमाध्यममा संलग्न हुँदाको समयका गतिविधिसँग सम्बन्धित छन्।

 


Thali Mobile Pvt.Ltd.