भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू

लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू

काठमाण्डौ । तातोपानी नाका जोड्ने लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू भएको छ ।
गएको अशोजमा बाढीले बगाएको सिन्धुपाल्चोकको खोलाको दुवैपट्टीको भागमा जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको हो ।

गएको अशोजमा लिपिङ खोला र भोटेकोशीमा आएको बाढीले मोटरेबल पुल र बेलिब्रिज बगाएको थियो । लार्चामा त्यतिबेलै ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार आउँदो वर्षायाम अघि नै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमाना बन्देउदेखि चीन सिमाना मितेरी पुलसम्मको लिपिङ सडक खण्ड चौढा, कालोपत्रेलगायत स्तरोन्नतिको काम सकिनेछ ।

माघ ६ गतेदेखि २५ गतेसम्म नाका पूर्णरुपमा बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको हो । आउँदो शुक्रवारसम्म बेलिब्रिज जडानको काम सकेपछि नाकाबाट मालबाहक कन्टेनर काठमाण्डौ ओहोरदोहोर गर्न सक्ने आयोजनाले जनाएको छ ।

चार, पाँच दिनमै बेलिब्रिज जडान गरिसकिने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.