भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू

लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू

काठमाण्डौ । तातोपानी नाका जोड्ने लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू भएको छ ।
गएको अशोजमा बाढीले बगाएको सिन्धुपाल्चोकको खोलाको दुवैपट्टीको भागमा जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको हो ।

गएको अशोजमा लिपिङ खोला र भोटेकोशीमा आएको बाढीले मोटरेबल पुल र बेलिब्रिज बगाएको थियो । लार्चामा त्यतिबेलै ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार आउँदो वर्षायाम अघि नै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमाना बन्देउदेखि चीन सिमाना मितेरी पुलसम्मको लिपिङ सडक खण्ड चौढा, कालोपत्रेलगायत स्तरोन्नतिको काम सकिनेछ ।

माघ ६ गतेदेखि २५ गतेसम्म नाका पूर्णरुपमा बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको हो । आउँदो शुक्रवारसम्म बेलिब्रिज जडानको काम सकेपछि नाकाबाट मालबाहक कन्टेनर काठमाण्डौ ओहोरदोहोर गर्न सक्ने आयोजनाले जनाएको छ ।

चार, पाँच दिनमै बेलिब्रिज जडान गरिसकिने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.