महान पर्व १८६० सोनाम ल्होछार डुक लामाटोलमा

महान पर्व १८६० सोनाम ल्होछार डुक लामाटोलमा image

भक्तपुर । तामाङ समुदायको महान पर्व १८६० सोनाम ल्होछारको पावन अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोट, लामाटोल स्थित झ्याङ्गछुप छ्योर्तेन (स्तुपा) भव्यक्ताकासाथ उद्घाटन भएको छ । आफ्नै सक्रियतामा चन्दासंकलन गरी करिब एक वर्ष लगाएर स्थानीयले स्तुपाको निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको हो ।

उर्गेन साङ्गे छ्‌योइलिङ्ग गुम्बाका प्रमुख लामा लोपेन कर्म दोर्जे दोङले उद्घाटन गरेका हुन । अवसरमा प्रदेशका साँसद, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, बौद्ध धर्मालम्बी, ल्होछारप्रेमी एवं भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

सोनाम ल्होछारको शुभ अवसरमा आयोजित उक्त कार्यक्रममा तामाङ समुदायले विभिन्न साँस्कृति झाकी, नृत्य, र सस्कृति भेषभुषा प्रस्तुत गरेका थिए । लामाटोल, नगरकोटमा आज विशेष पुजापाठ गरि स्तुपाको उद्घाटन गर्दै प्रकृतिका सबै प्राणीलाई शान्ति मिलोस भन्ने उदेश्यले लामापाठ गरिएको झ्याङ्गछुप छोर्तेन (स्तुपा) निर्माण समिति अध्यक्ष हरि बहादुर लामाले बताए ।

नगरकोटको पर्यटनमा तामाङ समुदायको महत्वपूर्ण भूमिका भएकोले पर्यटन विकासमा यसले अझ टेवा पुग्ने वडा नं. छ का वडाध्यक्ष धनबहादुर लामाले बताए । स्तुपाको निर्माण कार्य तथा प्राण प्रतिष्ठा कार्यक्रमको सफल्ताको शुभकामना दिदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सबै समुदायले लोछारको नजिकबाट अवलोकन गरेको बताइन् ।

नेपालको कला सस्कृतिमा एकताको बल यस पर्वले झल्किएको उनको भनाइ छ । कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon