भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

श्रीहरिको नेतृत्वमा चेतनाको उज्यालो फैलाउने कार्यक्रम

श्रीहरिको नेतृत्वमा चेतनाको उज्यालो फैलाउने कार्यक्रम

काठमाडौं, ११ जेठ । सृजनशील बचत समूहले शुभकामना साकोसमा ध्यान सम्बन्धी चिन्तन र मनन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ध्यान के हो, ध्यानका भ्रमहरू,  ध्यान गर्ने विधि र सहज ध्यानका उपायहरूबारे जानकारी दिइएको थियो। 

कार्यक्रमको प्रमुख स्रोत व्यक्ति चन्द्रहरी कायस्थ (श्रीहरि), श्रीहरी सेल्फ रियलाइजेसन फाउन्डेसनका अध्यक्ष, ले ध्यानको महत्व र यसको सही अभ्यासबारे चर्चा गर्दै उपस्थितहरूलाई गहिरो मनन गर्न प्रेरित गर्नुभयो। उहाँले ध्यान जीवनमा स्वास्थ्य, शान्ति, आनन्द, प्रेम र ज्ञानका लागि अत्यावश्यक बताउनुभएको थियो।

कार्यक्रम

ध्यान कार्यक्रम आयोजना गरिनुका फाइदाबारे सृजनशील बचत समूह संयाेजक बुद्धलक्ष्मी किसीले जानकारी दिनुभयाे । साकोसका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, अतिथिहरू मेनुका प्रधान र रोमन श्रेष्ठले कार्यक्रममा सकारात्मक अनुभव व्यक्त गर्नुभयो। विभिन्न् संघस्थाहरूले यस्ता कार्यक्रमहरूलाइ निरन्तरता दिनुपर्ने तर्क गर्नुभयाे । 

कार्यक्रम

उक्त कार्यक्रममा २२ जनाको सहभागिता रहेको थियो र सहभागीहरूले आनन्दको अनुभूति गरेकाे  बताएका थिए । श्रीहरि फाउन्डेसनले विश्वभर स्वास्थ्य, प्रेम र ज्ञान फैलाउने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

कार्यक्रममा स्वागत मन्तव्य विजया गणेश र सुमित्रा मानन्रधरले समूहमाथि भरोसा व्यक्त गर्दै, कार्यक्रममा सहभागीहरूको मनोबल र स्वास्थ्यप्रति केन्द्रित कुराहरू उल्लेख गर्नुभएकाे थियाे । कार्यक्रममा सचिव सुचिता सैजूले पनि बाेल्नुभएकाे थिए ।

 


Thali Mobile Pvt.Ltd.