भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

प्रक्षेपणको क्रममा युद्धपोत भाँचियो, उत्तर कोरियामा इन्जिनियरसहित तीन जना पक्राउ

प्रक्षेपणको क्रममा युद्धपोत भाँचियो, उत्तर कोरियामा इन्जिनियरसहित तीन जना पक्राउ

प्योङयाङ, ११ जेठ । उत्तर कोरियाले नयाँ युद्धपोतको प्रक्षेपणका क्रममा भएको दुर्घटनापछि तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ। सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै बीबीसीले यो जानकारी सार्वजनिक गरेको हो।

झन्डै ५,००० टन तौल भएको युद्धपोतको तल्लो भाग प्रक्षेपणको क्रममा भाँचिएपछि त्यसको सन्तुलन बिग्रिएको र प्रक्षेपण असफल भएको उत्तर कोरियाली अधिकारीहरूले जनाएका छन्। उक्त युद्धपोत चोङजिन शिपयार्डमा निर्माण गरिएको थियो।

उत्तर कोरियाली नेता किम जोङ उनले उक्त दुर्घटनालाई “आपराधिक लापरबाही” को संज्ञा दिँदै कडा अनुसन्धानको निर्देशन दिएका छन्। सोही आधारमा चोङजिन शिपयार्डका प्रमुख इन्जिनियर, निर्माण प्रमुख, र एक प्रशासनिक प्रबन्धकलाई दोषी ठहर गर्दै हिरासतमा लिइएको हो।

राज्य सञ्चालित मिडियाका अनुसार, यी अधिकारीहरूको त्रुटिका कारण मुलुकको सैन्य प्रतिष्ठानमा ठूलो क्षति पुगेको बताइएको छ। स्याटेलाइट तस्वीरहरूमा युद्धपोतको केही भाग जमिनमा र केही भाग पानीमा पल्टिएको देखिएको छ, जसलाई ठूला नीलो त्रिपालले ढाकिएको छ।

दुर्घटनासँग सम्बन्धित विस्तृत अनुसन्धान जारी छ भने, दोषीहरूमाथि कडा कारबाही हुने संकेत उत्तर कोरियाली स्रोतहरूले दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.