भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्याहारको झन्झटले सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ

स्याहारको झन्झटले सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ

रुपन्देही, २५ बैशाख । प्यूठानमा सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन् । स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । लामो अनुसन्धानपछि घटनामा सौतेनी कान्छी बुहारीको संलग्नता खुलेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्यारालाइसिसबाट थलिएकी सासूको स्याहार–सुसार गर्नुपर्ने झन्झटका कारण हत्या गरिएको आशंका गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.