भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

स्याहारको झन्झटले सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ

स्याहारको झन्झटले सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ

रुपन्देही, २५ बैशाख । प्यूठानमा सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन् । स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । लामो अनुसन्धानपछि घटनामा सौतेनी कान्छी बुहारीको संलग्नता खुलेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्यारालाइसिसबाट थलिएकी सासूको स्याहार–सुसार गर्नुपर्ने झन्झटका कारण हत्या गरिएको आशंका गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.