भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भक्तपुरले उच्च शिक्षाका लागि ५ लाखसम्म ऋण स्वीकृत गर्छः नगर प्रमुख प्रजापति

भक्तपुरले उच्च शिक्षाका लागि ५ लाखसम्म ऋण स्वीकृत गर्छः नगर प्रमुख प्रजापति

भक्तपुर । ६० लाख भन्दा बढी रकम शुल्क लिएर पढाइरहेको एमबीबीएस ख्वप कलेजले प्राध्यापकलाई तलब खुवाउने मात्र रकम निकाली एमबीबीएस पढाउने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दाबी गरेका छन् । संविधान र कानूनले दिएको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणमा जनसहभागिता, युवालक्षित सीपमूलक तालिमहरूको बन्दोबस्त र नागरिक भावना जगाउने काम गरिरहेकोे उनको भनाइ छ ।

“ २०५४ सालको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा ‘शिक्षालाई जोड दिने’ भन्ने उल्लेख थियो । त्यतिबेला मेयर प्रेम सुवाल हुनुहुन्थ्यो । पार्टी नीति र घोषणापत्रअनुसार विसं २०५६ सालमा ख्वप मावि सञ्चालन भयो । त्यसपछि २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, २०६७।६८ मा शारदा कलेज÷मावि संचालन भयो ।” उनले भने, “२०५६ सालमा अध्यक्ष विजुच्छेले १५ वर्ष भित्र एक घर एक स्नातक’ बनाउने घोषणा गर्नुभयो । हाल भनपाद्वारा संचालित २ वटा इन्जिनियरिङ कलेजबाट वार्षिक ४३२ जना विभिन्न विषयका इन्जिनियरसहित नपाका अन्य कलेजहरुमा ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू उच्च शिक्षामा अध्ययनरत छन् । ”

भक्तपुर नगरपालिकाले ५ लाख रुपियाँसम्म ऋण स्वीकृत गरेर उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको पनि उनले जानकारी दिए । शिशुस्याहारदेखि कलेजहरूसम्म सञ्चालन गर्ने र विद्यावारिधिसम्म अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने भक्तपुर पहिलो र देशको एकमात्र नगरपालिका रहेको प्रमुख प्रजापति बताउँछन् । शिक्षा क्षेत्रमा राम्रो गर्नका लागि व्यवस्थापन राम्रो र योग्य प्राध्यापक हुन जरुरी रहेको उनको भनाइ छ ।

नगर प्रमुख प्रजापतिका अनुसार नगरपालिककाले उच्च शिक्षा हासिल गर्न गरिब परिवारका विद्यार्थीहरुलाई नगरपालिकाले ऋण दिने गरेको छ। ६ सय जना जति विद्यार्थीले नगरपालिकासँग ऋण लिएर पढिरहेका छन् । जसमा ५ लाख ऋण लिन पाउँछन् । नगरपालिका भित्र बस्नेले स्वदेशमा जहाँ गएर पढे पनि विश्वविद्यालयमा तिर्दिने गरेकोछ । पहिलो वर्ष लिनेले पहिलो वर्षमा २० प्रतिशत फिर्ता हुन पनि सुरु भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.