भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केपीलाई चुनौती दिदै गोकुलले बनाए काभ्रेमा एमाले अखिल दुई फ्याक, समानान्तर कमिटी घोषणा

केपीलाई चुनौती दिदै गोकुलले बनाए काभ्रेमा एमाले अखिल दुई फ्याक, समानान्तर कमिटी घोषणा

काभ्रे । एमाले निकट अनेरास्वियु दुइ फ्याकमा विभाजन भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूहमा विभाजन भएका हुन् । अधिवेशनबाट छुट्टाछुट्टै दुईवटा जिल्ला कमिटी घोषणा भएका छन् । एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओली निकटको हो भने अर्को समूह पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा निकटको हो । शनिबार सम्पन्न भेलाबाट दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका छन् ।

ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी घोषणा गरेको छ । निर्वाचन मण्डलका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् । अधिवेशनले कार्यालय सचिवमा विकास योञ्जनलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा लक्ष्मी खकुरेल, पूजा खड्का, अरुण काफ्ले, सुमन प्याकुरेल, सन्जिव गिरी, अन्जना तामाङ, योसन तामाङ, सन्ध्या धिताल, अनिस नेपाल, सन्देश बोलखे, तारा तामाङ, रविना खड्का, सुजन बाला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्मिला तिमल्सिना, राजदिप श्रेष्ठ, सुस्मिता तिमल्सिना, सलिना बन्जारा, मनिषा हुमागाई, विनायक न्यौपाने, सुपिद दाहाल, बुद्ध लामा, मनिषा तामाङ र निरु तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

यसैगरी बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुंगाना रहेका छन् ।पोलिट्व्युरो सदस्य तथा संघीय सांसद गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा नै विवाद भएको थियो ।

संस्थापनले जनसंगठन विभाग प्रमुख प्रकाश रोक्काको अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन खोजेपछि विवाद भएको थियो । अर्को पक्षले अनेरास्वियु स्थायी कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षको अध्यक्षतामा गठन गर्ने प्रचलन रहेकाले सोही अनुसार गर्नुपर्ने अडान राखेको थियो । निर्वाचन आयोग संयोजक सत्या शाहीले निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंलाई संयोजक तोकेर पत्र पठाएपछि संस्थापन पक्षले त्यसलाई मानेको छैन ।

अनेरास्वियु काभ्रेका निवर्तमान अध्यक्ष मिलनकुमार गौतमले वन्दसत्रका सबै प्रक्रिया सकेर ब्यानर र झण्डासमेत निकालिसकेपछि आएर भएको घोषणा मान्य नहुने बताए । अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्लासमेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बहुमत स्थायी कमिटी भने निराजनको कमिटीको पक्षमा रहेको देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.