भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सुनकाण्डका दोषीलाई न छाड्ने सरकारको अठोट

सुनकाण्डका दोषीलाई न छाड्ने सरकारको अठोट

काठमाडौं । सुन काण्डका दोषीले उन्मुक्ति नपाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बताएका छन् । आफ्नो पार्टीका वा जोसुकै भएपनि सरकारले कारवाही गरेरै छाड्ने दावी गरेका छन् ।

नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिवेदनका आधारमा सरकारले कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिइसकेको जानकारी दिए । गल्ति गर्नेले कारवाही भोग्ने र निर्दोषले छुटकरा पाउने बताए । सुन काण्डको प्रतिवेदन अनुसार कारवाही गर्न गृहमन्त्रीलाई कसैले पनि हस्तक्षेप नगर्ने बताए ।

सरकारले सत्तापक्ष र प्रतिपक्ष नभनी जनताको पक्षमा कार्य गर्ने बताए । सहकारी काण्डका दोषीहरू पनि सरकारले कारवाहीको दायरामा ल्याएर छोड्ने बताए । सहकारीका मुख्य दोषी जीवि राईलाई पक्राउ गर्न सम्बन्धीत निकायमा जानकारी गराइसकेको बताए ।

आर्थिक क्षेत्रको प्रवर्द्धनका लागि पर्यटनलाई मुल मुद्दा बनाउने बताउँदै मन्त्री तामाङले ग्रामीण तथा धार्मिक पर्यटनलाई विस्तार गरिनेमा जोड दिए।

 


Thali Mobile Pvt.Ltd.