भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनकाण्डका दोषीलाई न छाड्ने सरकारको अठोट

सुनकाण्डका दोषीलाई न छाड्ने सरकारको अठोट

काठमाडौं । सुन काण्डका दोषीले उन्मुक्ति नपाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बताएका छन् । आफ्नो पार्टीका वा जोसुकै भएपनि सरकारले कारवाही गरेरै छाड्ने दावी गरेका छन् ।

नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिवेदनका आधारमा सरकारले कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिइसकेको जानकारी दिए । गल्ति गर्नेले कारवाही भोग्ने र निर्दोषले छुटकरा पाउने बताए । सुन काण्डको प्रतिवेदन अनुसार कारवाही गर्न गृहमन्त्रीलाई कसैले पनि हस्तक्षेप नगर्ने बताए ।

सरकारले सत्तापक्ष र प्रतिपक्ष नभनी जनताको पक्षमा कार्य गर्ने बताए । सहकारी काण्डका दोषीहरू पनि सरकारले कारवाहीको दायरामा ल्याएर छोड्ने बताए । सहकारीका मुख्य दोषी जीवि राईलाई पक्राउ गर्न सम्बन्धीत निकायमा जानकारी गराइसकेको बताए ।

आर्थिक क्षेत्रको प्रवर्द्धनका लागि पर्यटनलाई मुल मुद्दा बनाउने बताउँदै मन्त्री तामाङले ग्रामीण तथा धार्मिक पर्यटनलाई विस्तार गरिनेमा जोड दिए।

 


Thali Mobile Pvt.Ltd.