भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

संसदीय समितिका सभापति निर्वाचन आज, धेरै समितिमा एकल उम्मेदवारी

संसदीय समितिका सभापति निर्वाचन आज, धेरै समितिमा एकल उम्मेदवारी

काठमाडौं, ४ बैशाख । संघीय संसद्अन्तर्गतका विभिन्न संसदीय समितिका सभापति चयनका लागि निर्वाचन आज हुने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति तथा संयुक्त समितिहरूको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सोही बैठकबाट समितिका सभापति चयन गरिनेछ ।

हिजो सम्पन्न मनोनयन दर्ता प्रक्रियामा अधिकांश समितिमा एकल उम्मेदवारी परेको छ भने शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा दुई–दुई जना उम्मेदवार रहेका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरीको उम्मेदवारी परेको छ । त्यस्तै पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्यव्यवस्था तथा सुशासन समितिमा हरि ढकालको उम्मेदवारी परेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीले उम्मेदवारी दिएका छन् ।

लेखा समितिमा कांग्रेस सांसद भरतबहादुर खड्का र संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ । साथै राज्यका निर्देशक सिद्धान्त सम्बन्धी संयुक्त समितिमा रास्वपाका गणेश कार्की र नेकपाकी मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.