भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सूर्यविनायकमा सडक ढलान कार्य सुरु हुँदै, एक महिनासम्म आवागमन बन्द

सूर्यविनायकमा सडक ढलान कार्य सुरु हुँदै, एक महिनासम्म आवागमन बन्द

भक्तपुर, १९ बैशाख । सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा पर्ने घ्याम्पेडाडादेखि कोलडाडासम्मको सडक खण्ड एक महिनाका लागि बन्द गरिने भएको छ। नगरपालिका कार्यालयका अनुसार, उक्त क्षेत्रअन्तर्गत जिपलाइन अगाडिको उकालो सडकमा ढलान कार्य २०८२ बैशाख २० गते शनिबार देखि सुरु हुनेछ।

सडक सुधारको काम प्रभावकारी बनाउन आवागमन रोक्नुपर्ने भएकाले एक महिनासम्म सो सडक पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ। यात्रु तथा स्थानीय बासिन्दाका लागि रानीकोट–गुण्डु–बसपार्क तर्फको वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

नगरपालिकाले सडक सुचारु रूपमा सञ्चालन गर्न वैकल्पिक व्यवस्थाहरू मिलाइएको जनाउँदै सर्वसाधारणलाई असुविधा नहुने प्रयास गरिने स्पष्ट पारेको छ। साथै, गुणस्तरीय निर्माण कार्यका लागि सबैको सहयोग अपेक्षित रहेको र अस्थायी असुविधाका लागि क्षमायाचना गरिएको छ।

सूचना पढ्नुहाेस्…

 

 


Thali Mobile Pvt.Ltd.