भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर ट्राफिक कार्यालय अब टेण्ट मुक्त: नयाँ सचेतना कक्ष उद्घाटन

भक्तपुर ट्राफिक कार्यालय अब टेण्ट मुक्त: नयाँ सचेतना कक्ष उद्घाटन

भक्तपुर, १९ बैशाख । सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले भक्तपुर ट्राफिक प्रहरी परिसरमा नगरपालिकाले निर्माण गरेको ‘ट्राफिक सचेतना कक्ष’ को उद्घाटन छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ६ मा रु. ८ लाखको लागतमा निर्मित यो नयाँ कक्षले २०८० असारदेखि २२ महिनासम्म टेण्टमा सञ्चालित ट्राफिक सचेतना कक्षालाई प्रतिस्थापन गरेको छ । यसले भक्तपुरदेखि काभ्रेसम्मका चालकहरूलाई काठमाडौं नगई यहीँ कक्षा लिन सहज बनाएको छ ।

पहिले टेण्टमा सञ्चालित कक्षामा वर्षामा चुहावट, गर्मीमा गर्मी र जाडोमा चिसोले समस्या बनाएकाे थियो । नयाँ भवनले यी समस्याहरू हटाई कक्षा सञ्चालनमा सहजता ल्याएको छ । नगर-प्रमुख थापाले ट्राफिक कार्यालयको अनुरोधमा दुई महिनामै बजेट व्यवस्थापन गरी एककोठे भवन निर्माण सम्पन्न गरेको जानकारी दिए ।

नगर-प्रमुख थापाले ट्राफिक सचेतना कक्षले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र नेतादेखि कर्मचारीसम्मको भनसुनमा कारबाही वा कक्षा नलिई छाड्ने कामले दुर्घटना बढ्ने भएकाले त्यसलाई रोक्न आग्रहसमेत गरे । नगरपालिकाले नापी कार्यालयको नक्सा डिजिटलाइजेशन, मालपोतको फाइल व्यवस्थापन र भक्तपुर प्रहरी परिसरलाई समेत सहयोग गरेको उनले उल्लेख गरे । 

सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्काले टेण्टमा पानी पर्दा कक्षा सञ्चालनमा कठिनाइ भएको र नगरपालिकाले त्यसैलाई सम्बोधन गर्न भवन बनाएको बताए ।  ट्राफिक प्रहरी प्रमुख प्रदीप खत्रीले नयाँ भवनले घाम, पानी र जाडोको समस्याबाट मुक्ति दिएको र कक्षा अझ प्रभावकारी हुने बताए । दैनिक बिहान ९ देखि २ बजेसम्म १००–१५० चालकले कक्षा लिने र साउनदेखि चैतसम्म १६,३१३ जनाले सहभागिता जनाएको बताए । 

ट्राफिक प्रहरीले मापसे, लेन उल्लंघन, तीव्र गति र रातो बत्ती उल्लंघन गर्ने चालकलाई जरिवानासहित एक घण्टे सचेतना कक्षामा सहभागी गराउँदै आएको छ। नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना कम हुने र चालकलाई सचेतना तथा कारबाही प्रक्रियाबारे जानकारी दिनुपर्ने  बताए ।

 


Thali Mobile Pvt.Ltd.