भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति पौडेलद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

राष्ट्रपति पौडेलद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं , १९ वैशाख  । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई अपराह्न ३ बजे सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संघीय संसदको संयुक्त बैठक संसद भवनमा बस्नेछ। नीति तथा कार्यक्रमले आगामी वर्षका लागि विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार सिर्जना, कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि लगायतका प्राथमिक क्षेत्रहरूमा केन्द्रित योजनाहरूको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यसअधिका प्रमुख योजना र कार्यान्वयनका उपलब्धिहरूको मूल्याङ्कन गर्दै आगामी वर्षका लागि नयाँ योजना र योजनाहरू सार्वजनिक गरिने बताइएको छ। नीति तथा कार्यक्रमको प्रस्तुतीकरणपछि संसदमा विस्तृत छलफल हुनेछ। यसपछि सरकारको आगामी बजेट १५ जेठमा अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत गरिनेछ।

राष्ट्रपति पौडेलको सम्बोधनका लागि संसद सचिवालयले तयारी पूरा गरेको छ। नीति तथा कार्यक्रममार्फत सरकारको दृष्टिकोण, प्राथमिकता र आगामी योजनाहरू स्पष्ट हुने भएकाले विभिन्न क्षेत्रका विश्लेषक र नागरिकहरू यसलाई चासोका साथ हेरिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.