सूर्यविनायक वडा नं ७ गुन्डूमा मनले चिताएको पुरा गर्ने लिखानारायण र पलाञ्चोक भगवती

सूर्यविनायक वडा नं ७ गुन्डूमा मनले चिताएको पुरा गर्ने लिखानारायण र पलाञ्चोक भगवती

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु कार्कीगाउँमा पलाञ्चोक भगवती र लिखानारायणको मन्दिरको रहेको छ । लिखानारायणलाई भगवान नारायणको अवतारको रुपमा हेरिन्छ । यहाँका स्थानीय बासिन्दाहरुले मन्दिरमा दर्शन गरि मागेका कुरा पुरा हुन्छन भन्ने धर्मीक जनविश्वास रहेको छ ।

यही विश्वासका आधारमा यो मन्दिरमा अहिले पनि दर्शन गर्ने प्रचलन रहदैँ आएको छ । भक्तहरुले भाडाँको अभाव हुदाँ यहाँ आएर मागेमा भोलिपल्ट भगवानले पु¥याउने गरेको विश्वास भएपनि पछि भक्तहरुले भाडाँहरु जुठो नै फिर्ता गरेपछि यहाँको शक्ति हराउदैँ गएको भन्ने मान्यता रहेको छ । यहाँ आएर मागेका कुराहरु पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

पूर्वप्रहरी नायब उपरीक्षक गोविन्द कार्की
जङगल फाड्ने क्रममा मन्दिर निर्माण गर्नुपर्छ भन्ने लागेर नगरपालिका प्रमुख बासुदेव थापालाई प्रस्ताव गर्दा सकारात्मक कुरा आएपछि लिखानारायण मन्दिरको जिर्णद्धार गरिएको पूर्व प्रहरी नायब उपरिक्षक गोविन्द कार्कीले बताए । नगरपालिकाले १५ लाख दिने निर्णय गरेपछि मन्दिर निर्माण सुरु भएको थियो ।

भक्तपुर वाणिज्य संघ र भक्तपुरका व्यापारीहरुले निस्वार्थ सहयोग गरेकाले समाजलाई गाली गर्नेभन्दा पनि समाजले राम्रो र इमान्दार मान्छे खोज्ने रैछ भन्ने लागेको उनको तर्क छ । सबैको सहयोगबाट कार्की गाउँ, मन्थली,गुण्डुबासीको सहयोगले पलाञ्चोक भगवतीको मन्दिर निर्माण गर्न सफल भएको उनको तर्क छ ।

उनले भने“ यो पलाञ्चोक भगवती मन्दिर बनाउने चाहिँ खासै त्यस्तो योजना थिएन । म र साथीबीच भएको छलफलबाट अरु साथीहरुको सहयोगले मन्दिर निर्माण गर्न सफल बनायौं”। मन्दिर निर्माण गर्न व्यवसायीहरु लक्ष्मण अवाल, केपी अवाल, केपी ताम्राकार,रोमन सिलाकार, किरण थापा, रामसुन्दर बके लगायतको सहयोग रहेको उनको भनाई छ ।

पण्डित अभिनास तिमल्सिना
लिखानारायण नारायणको अवतारको रुपमा लिइन्छ । पूर्वज कालमा भक्तले नारायणको दर्शन गर्न आउदाँ दोह्राएर आउनुपर्ने भएकाले यसको नाम लिखानारायण रहन गएको पण्डित अभिनास तिमल्सिनाको भनाई छ । पूर्वज कालमा यहाँका स्थानीय बासिन्दाहरुले मन्दिरको दर्शन गरि मागेका कुरा पुरा हुन्छ भन्ने मान्यता रहेको छ ।

विदेश जाने, सरकारी जागिरको लागि पनि मागेका कुरा पुरा भएपछि धेरै मानिसहरु यहाँ पूजा गर्न आएको पण्डित अभिनास तिमल्सिनाले बताए । पलाञ्चोक भगवती २०७९ सालमा स्थापना गरेर २०८० सालमा प्राणप्रतिष्ठा भएको हो । पलाञ्चोक भगवती दर्शन गर्न जाने भक्तजनाका लागि टाढा भएकाले उपत्यकाका भक्तजनहरुका लागि सहज होस् भनेर यहाँका स्थानीयले मन्दिर स्थापना गरिएको उनले जानकारी दिए ।

विशेषगरी शनिवार र बिदाको दिन भक्तजनहरु पलाञ्चोक भगवतीको दर्शन गर्न आउने गरेको र यहाँ दर्शन गर्दा आपूmले चिताएको कुरा पुरा हुन्छन भन्ने जनविश्वास रहेको छ ।

सूर्यविनायक नगरपालिका ७ वडा सदस्य उमेश कार्की
मछिन्द्रनाथ जात्रा हुनुभन्दा अघिनै लिखानारायणको स्थापना भएको र पहिलेबाटै मन्दिरलाई संरक्षण गर्ने प्रयास गरे पनि २०७८ सालपछि सबैको सहयोगबाट यसको संरक्षणमा सार्थकता पाएको सुर्यविनायक नगरपालिका ७ वडाका वडा सदस्य उमेश कार्कीले बताए ।

 पूर्व मन्त्री महेश बस्नेत, नगर प्रमुख बासुदेव थापा, प्रदेश सांसद किरण थापा, समाजसेवी गोविन्द कार्की लगायतको सहयोगबाट लिखानारायणको संरक्षण र विस्तार सफल भएको उनको भनाई छ । मन्दिरमा दर्शन गर्ने परिवारका सदस्यहरु हरेक क्षत्रमा सफल भएको पाइएको छ । यति शक्ति भएको र श्रीस्वस्थानीमा पनि उल्लेख भएको यस मन्दिरमा भक्तजनले दर्शन गर्न आउने गरेका छन् ।

सुर्यविनायक नगरपालिकाको पूर्वमा लिखानारायण, उत्तरपटि सुवर्णेश्वर, दक्षिणतिर अन्नतलिङ्गेस्वर, पश्चिमपटि मच्छेस्वर रहेको श्रीस्वस्थानीमा समेत उल्लेख गरेका मन्दिरहरु हुन् । समस्यामा परेका वा केही कामना लिएर व्रत बसेर पूजा गर्ने गरेका मान्छेको मनकामना पुरा भएको उदाहरणहरु पनि रहेको उनको भनाई छ ।

यहाँको यही शक्तिलाई संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले लिखानारायणको मन्दिर बनाएको र सूर्यविनायक नगरपालिकाले श्रावणमा आउने भक्तजनको लागि शिव मन्दिरको विकास समेत गरिरहेको उनले जनाकारी दिए । मन्दिरहरु जङ्गलको बिचमा भएकाले पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको छ ।

यहाँ वनभोज, बिहे व्रतबन्धको भोजको लागि पनि यो ठाउँ प्रसिद्ध रहेको छ । बिदाको दिन वा शनिबारको दिन सयौं आन्तरिक पर्यटकहरु आउने भएकाले पनि स्थानीयको व्यवसाय समेत विस्तार भइरहेको वडा सदस्य कार्कीको तर्क छ । मन्दिर जान ७५ प्रतिशत बाटो निर्माण भइसकेको र भविश्यमा यहाँ आउने पर्यटकहरु, स्थानीयको लागि सहज हुनेगरी बाटो विस्तार गर्ने योजना समेत बनाइरहेको उनले बताए ।

लिखानारायण मन्दिर परिसरमा पलाञ्चोक भगवती, दश अवतार नारायण, देवेश्वर महादेव, गणेश, बङ्गलामुखी, सरस्वती, लक्ष्मी, राधाकृष्ण, काल भैरव, गुण्डु भिमसेनको मन्दिर रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.