भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

स्वास्थ्य बीमा सेवामा देखिएको समस्याबारे उपभोक्ताको गुनासो : ‘क्यापिङ प्रणाली खारेज गरियोस्’

स्वास्थ्य बीमा सेवामा देखिएको समस्याबारे उपभोक्ताको गुनासो : ‘क्यापिङ प्रणाली खारेज गरियोस्’

भक्तपुर, ३१ असार । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सन्चालित सेवा प्रवाहमा देखिएको अव्यवस्था र असुविधाप्रति भक्तपुका विभिन्न पालिकाका नागरिकहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले हाल लागू गरिएको क्यापिङ प्रणालीले सेवाग्राहीहरूलाई असहज बनाएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।

स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गर्दै उपभोक्ताहरूले हस्ताक्षर संकलनसहितको निवेदन पेश गरेका छन्। उक्त निवेदनमा भनिएको छ, “बीमा अन्तर्गतको सेवा सुलभ र सर्वसुलभ हुनुपर्नेमा अहिलेको जटिल क्यापिङ प्रणालीले सेवा प्राप्त गर्न असहज, अपारदर्शी र झन्झटिलो बनाएको छ।”

उनीहरूको आरोप छ २०८१/०३/०१ बाट लागू गरिएको नयाँ प्रणालीले औषधि, जाँच, उपचार तथा रेफरल सेवामा पहुँच घटाएको छ। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले पनि यो प्रणाली प्रशस्त बवाल र असमझदारी निम्त्याउने खालको भएको जनाएका छन्।

Notice: May 09, 2025 मा प्रकाशित बीमा निर्देशिकामा आधारित नयाँ प्रणाली अन्तर्गत विशेषगरी NEFROSAFE, RENOSAFE, HD सम्बन्धी बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। बिरामीहरूलाई दैनिक डायलाइसिस र औषधिको नियमित आपूर्ति समेत प्रभावित भएको गुनासो समेटिएको छ।

उक्त निवेदनमा उल्लेख छ संघीय सरकार र बीमा बोर्डले विज्ञहरुको राय नलिई निर्णय लागू गरेकाले प्रणाली व्यवहारमा असफल हुँदै गएको छ। साथै, यसले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको र बिरामीहरूको जीवन संकटमा पार्ने अवस्था सिर्जना भइरहेको छ।प्रमुख मागहरू:

हाल लागू गरिएको क्यापिङ प्रणाली तत्काल खारेज गरियोस्।, स्वास्थ्य बीमा प्रणालीलाई पुनः सहज र पारदर्शी बनाइयोस्, स्वास्थ्य सेवा प्रदायक संस्थासँग समन्वय गर्दै व्यवहारिक सुधार गरियोस्।

 


Thali Mobile Pvt.Ltd.