भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

टी–२० विश्वकपमा अस्ट्रेलियाद्धारा स्कटल्यान्ड पराजित

टी–२० विश्वकपमा अस्ट्रेलियाद्धारा स्कटल्यान्ड पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराउदैँ सुपर आठमा पुग्न सफल भएको छ । अस्ट्रेलियाको जितसँगै साविक विजेता इंग्ल्यान्ड सुपर आठमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले अस्ट्रेलियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलियाले दुई बल बाँकी छर्दै पाँच विकेट गुमाएर भेट्टायो । स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनाए पनि जोगाउन सकेन ।

यो खेलमा अस्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड सुपर आठमा पुग्ने समिकरण थियो । अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको थियो । अस्ट्रेलिया चार खेलमा आठ अङ्कसहित समूह ुबीु को शीर्ष स्थानमा छ । इंग्ल्यान्ड चार खेलमा पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्यो । इंग्ल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा हिजो नामिबियालाई हराएको थियो । टी–२० विश्वकपमा आज बेलुका आयरल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ ।

दुवै टोली सुपर आठको दौडबाट बाहिरिसकेका कारण आजको खेल औपचारिकता मात्र हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित नेपालले ऐतिहासिक जितसहित सुपर आठमा पुग्ने सम्भावना गुमायो । नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्नेछ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.