भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टी–२० विश्वकपमा अस्ट्रेलियाद्धारा स्कटल्यान्ड पराजित

टी–२० विश्वकपमा अस्ट्रेलियाद्धारा स्कटल्यान्ड पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराउदैँ सुपर आठमा पुग्न सफल भएको छ । अस्ट्रेलियाको जितसँगै साविक विजेता इंग्ल्यान्ड सुपर आठमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले अस्ट्रेलियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलियाले दुई बल बाँकी छर्दै पाँच विकेट गुमाएर भेट्टायो । स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनाए पनि जोगाउन सकेन ।

यो खेलमा अस्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड सुपर आठमा पुग्ने समिकरण थियो । अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको थियो । अस्ट्रेलिया चार खेलमा आठ अङ्कसहित समूह ुबीु को शीर्ष स्थानमा छ । इंग्ल्यान्ड चार खेलमा पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्यो । इंग्ल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा हिजो नामिबियालाई हराएको थियो । टी–२० विश्वकपमा आज बेलुका आयरल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ ।

दुवै टोली सुपर आठको दौडबाट बाहिरिसकेका कारण आजको खेल औपचारिकता मात्र हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित नेपालले ऐतिहासिक जितसहित सुपर आठमा पुग्ने सम्भावना गुमायो । नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्नेछ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.