भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौँ, १४ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा निर्वाचन आचारसंहिताको प्रभावकारी अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुमगन अधिकृतका रूपमा जिम्मेवारी दिइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषय बाहेकका अन्य सबै विषयको अनुगमन गर्ने जिम्मेवारी तोकिएको आयोगले जनाएको छ। यस्तै, आर्थिक विषयसँग सम्बन्धित अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइसकेको छ। उक्त आचारसंहिता यही माघ ४ गतेदेखि लागू भएको आयोगले जानकारी दिएको छ।