भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी, २६ चैत्र । अमेरिकी अन्तरिक्ष निकाय नासाको महत्वाकांक्षी चन्द्र अभियान आर्टिमिस–२ अन्तिम चरणमा पुगेको छ।अन्तरिक्षसम्बन्धी समाचार वेबसाइट स्पेस डट कमका अनुसार अप्रिल १ (चैत १८) मा चन्द्रमातर्फ प्रस्थान गरेको यो मिसन अहिले पृथ्वी फर्किने तयारीमा रहेको छ।

यस मिसनमा सहभागी चार जना अन्तरिक्षयात्रीहरूले करिब १० दिनको चन्द्र परिक्रमा यात्रा सफलतापूर्वक पूरा गरिरहेका छन्। यो सन् १९७२ पछि पहिलो पटक मानिसलाई चन्द्रमाको नजिक पुर्‍याउने ऐतिहासिक अभियानका रूपमा लिइएको छ।

मिसनका क्रममा अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष विकिरण परीक्षण, म्यानुअल उडान अभ्यास तथा अन्य विभिन्न वैज्ञानिक प्रयोगहरू सम्पन्न गरेका छन्। यसले भविष्यमा मानवसहितको चन्द्र अवतरण र अन्तरिक्ष अन्वेषणका लागि महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्राविधिक विवरणअनुसार आर्टिमिस–२ यानको अधिकतम गति झण्डै ३४ हजार ९६५ फिट प्रति सेकेन्ड रहने अनुमान गरिएको छ। यो यान अप्रिल १० (चैत २७) मा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ र त्यसपछि प्रशान्त महासागरमा सुरक्षित अवतरण गरिने योजना छ।

अवतरणपछि अन्तरिक्षयात्रीहरूको उद्धार गरी विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ। वैज्ञानिकहरूले यस मिसनलाई मानव अन्तरिक्ष अन्वेषणको नयाँ युगको महत्त्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।