भर्खरै : Sorry, your browser does not support inline SVG.

म्याग्दी, १६ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको रु पाँच लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पुनहिल–घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट बिनियोजन भएका सबै योजना कार्यान्वयन भएका जानकारी दिए। ‘घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौँ’, उनले भने, ‘विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ।’

अन्नपूूर्ण गाउँपालिकाले चालुु आव २०८२÷०८३ मा विनियोजन गरेको रु छ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको छ। समुुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुुराँसे जङ्गलभित्र साइकलमा साहासिक र रोमाञ्चक यात्रा गर्न पाइन्छ।

गाउँपालिकाको रु १४ लाख बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ।उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले पदमार्गको हिलो हुने ठाउँमा करिब ३०० मिटर ढलान गरेर पक्की पदमार्ग बनाइएको बताए। यसैगरी रु चार लाख बजेटबाट देउराली डाडाँमा ४० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग बनाइएको छ।

रु तीन लाख बजेटबाट तल्लो घोडेपानीमा बसपार्क निर्माण भएको छ। समुदायको अगुवाइमा यसै वर्ष घोडेपानी हुँदै कास्कीको उल्लेरी सडक सञ्जालमा जोडिएको थियो।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु पाँच लाख बजेटबाट घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण योजना पनि सम्पन्न भएको वडाध्यक्ष खड्काले जानकारी दिए। गण्डकी प्रदेश सरकारको रु तीन करोड बजेटबाट चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गर्ने योजना निर्माणाधिन छ।

घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर यसअघि लालीगुुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको थियो। सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पर्यटकको बसाई लम्बाउनका लागि पर्यटकको चाहनाअनुसार राम्चे–काफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकलमार्गको पनि सम्भाव्यता अध्ययन गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका घोडेपानीका बासिन्दा डमबहादुर पुनले बताए।

घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूूर्ण र माछापुुच्छे« हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ। घोडेपानी–पुुनहिल विश्व प्रसिद्ध अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो। रासस

मुख्य बुँदा

१८० मेगावाट कालीगण्डकी गर्ज आयोजना निर्माण सुरु

५.६ किलोमिटर सुरुङ निर्माण हुने

४० अर्ब लागत अनुमान

४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

४ बैंकको लगानी सहभागिता

स्थानीयलाई १०% सेयर सुविधा

२२० केभी प्रसारण लाइनमार्फत ग्रिडमा जोडिने

म्याग्दी, २६ जेठ । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो ।

आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थलबाट गरि चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिए ।

“पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ”, उनले भने, “विद्युत्गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ ।” मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताए ।

‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाको एक किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ । विद्युत्गृहदेखि ‘आउटलेट’को उचाइ ४८० मिटर रहेको छ । प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ ।

आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ ।

रु ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए । प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको उनले बताए ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गरेर आयोजना निर्माणको शुभारम्भ गरिएको थियो ।

वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए । उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरूमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।

पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि– १ ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । रासस

मुख्य बुँदा

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा

सन् १९५० मा पहिलो सफल आरोहण फ्रान्सेली टोलीद्वारा

अन्नपूर्णलाई ‘जेठो हिमाल’ का रूपमा चिनिन्छआधार शिविर नारच्याङ क्षेत्रमा पर्ने

विविध दौड, सांस्कृतिक कार्यक्रम र प्रतियोगिता आयोजना

हालसम्म ५३६ जनाले अन्नपूर्ण आरोहण गरेका छन्

पर्यटन प्रवर्द्धन र ऐतिहासिक स्मरणका कार्यक्रम भइरहेका छन्

म्याग्दी, २० जेठ । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ ।

पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताए ।

आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

बीस जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई रु एक लाख, उपविजेतालाई रु ६० हजार, तेस्रोलाई रु ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन–तीन जनालाई रु १०–१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने महत्वपूर्ण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो तथा नदी कटान रोकथाम योजना निर्माण सुरु गरिएको छ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोड रुपैयाँको लागतमा सडकमा बारम्बार खस्ने पहिरो र नदी कटान रोक्न योजना अघि बढाएको हो। पहिरोका कारण सडक अवरुद्ध भई नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो।

योजना कार्यालयका सब–इञ्जिनियर बहादुर शाहका अनुसार ठेक्का सम्झौता भएका निर्माण कम्पनीहरूले चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित काम थालेका छन्। रघुगंगा गाउँपालिका–२ का तल्लो तथा माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भइरहेको छ।

यी क्षेत्रमा ‘रक एंकरिङ’, ‘पलम पर्खाल’, ‘बायो इन्जिनियरिङ’ र ‘थिडिमेस’ प्रविधि प्रयोग गरेर सडक सुरक्षित बनाइँदैछ। अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रमा ३०० मिटर सडक खण्डको पहिरो रोकथामका लागि सात करोड रुपैयाँमा वाम्ती/कोण्डा/टिस्ता जेभीले ठेक्का पाएको छ।

त्यसैगरी, गुइठेभिर खण्डमा ३०० मिटर सडक संरक्षणका लागि जीएसपीएल/बुद्धिसरा जेभीले नौ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। लाटोखोला, रूपसे, नागढुङ्गा र सेतोखोला क्षेत्रमा गजेन्द्र निर्माण सेवाले सात करोडमा काम गरिरहेको छ। रूपसे खण्डमा १६० मिटर सडक ढलान सम्पन्न भइसकेको छ भने लाटोखोलामा रक एंकरिङ र सडक फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ। बैसरी क्षेत्रमा सडकमुनिको पहाडमा ड्रिलिङ गरी रड राखेर कंक्रिट बेससहित पक्की पर्खाल निर्माण गरिएको छ।

हाल तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सातदेखि आठ मिटर फराकिलो बनाई दुईतर्फी सवारी सञ्चालनको तयारी गरिएको छ। सडकको पानी व्यवस्थापनका लागि ह्युम पाइपमार्फत निकास संरचना पनि निर्माण हुँदैछ। अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथामपछि सडक आवागमन सहज हुनुका साथै जोखिममा परेका बस्ती र सार्वजनिक संरचना सुरक्षित हुने विश्वास व्यक्त गरे।

म्याग्दी, ३० कार्तिक । कोदोको परिकार ढिँडो, रोटी र खोलेमै सीमित रहने समय सकिएको छ। स्वास्थ्यका हिसाबले लाभदायक मानिने कोदो पछिल्लो वर्षहरूमा शहरबजारदेखि विदेशमा बस्नेहरूका रोजाइमा पर्न थालेपछि यसको परिकार विविधीकरण हुँदै गएको छ। बढ्दो रुचिसँगै स्थानीय उत्पादनको बजारीकरण पनि तीव्र बन्दै गएको छ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताको माग बढेपछि कोदाको बिस्कुट उत्पादन सुरु गरेका छन्। “पहिले कोदो खानेलाई गरिब भन्ने धारणा थियो,” उनी भन्छन्, “तर अहिले कोदो पोसिलो खानाको रूपमा लोकप्रिय भएपछि बिस्कुट बनाएर बेच्न थालेको हुँ।”

यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा रहेको धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले पनि कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गर्दै आएका छन्। यस्तै, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पाहुनालाई चखाउने र बजारमा बिक्री गर्ने उद्देश्यले कोदोको बिस्कुट उत्पादन उद्योग स्थापना गरेको छ।

उद्यमीहरूका अनुसार गाउँबाट शहरमा बसाईसरेका, विदेशमा बस्ने र भ्रमणमा आउनेहरूले कोदोको पीठो तथा बिस्कुट किनेर लैजाने गरेका छन्। कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रभन्दा शहरतिर बढी रहेको बेकरी सञ्चालकहरूले बताएका छन्। भुटेको कोदोको पीठोमा चिनी, मह र उखुको खुदो मिसाएर बिस्कुट बनाइने र प्रति दर्जन ६० रुपैयाँ दरले बिक्री हुने गरेको छ।

पर्यटकीय गन्तव्यहरूमा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा कोसेलीघर सञ्चालन तथा कोदोको बिस्कुट र पाउरोटी बनाउने तयारी समेत गरिएको छ।
उत्पादनका लागि आवश्यक ‘ओभन’ खरिदमा कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा दुई लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार परम्परागत बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रममा कोदो, खाद्यान्न र दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा यो वर्ष पनि निरन्तरता दिइनेछ।

चालु वर्षमा म्याग्दीका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। किसान तथा उद्यमीले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउन सक्नेछन्। केन्द्रका अनुसार म्याग्दी जिल्लामा २,७५० हेक्टर क्षेत्रफलमा वार्षिक ३,३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि ३,१०० मिटर उचाइसम्म कोदोखेती सफलतापूर्वक गर्न सकिन्छ।

क्याल्सियम, फस्फोरस तथा आइरन प्रशस्त मात्रामा पाइने भएकाले कोदो बालबालिकादेखि ज्येष्ठ नागरिक र गर्भवती महिला सबैका लागि उत्तम मानिन्छ। मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुखाइ तथा झाडापखलजस्ता समस्यामा कोदो उपयुक्त हुने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले बताए।

स्वास्थ्यप्रति जनचेतना बढ्दै गएको र गैर-संक्रामक रोगको जोखिम बढिरहेका कारण कोदो परिकारको उपभोग निरन्तर वृद्धि भइरहेको उद्यमी अनिल भण्डारीले बताए।

मुख्य बुँदा 

चालु आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण गाउँपालिकाले पर्यटन क्षेत्रबाट रु. १ करोड १५ लाख आम्दानी गर्‍यो ।

पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डको प्रवेश शुल्क र ठेक्का प्रणालीबाट आम्दानी ।

पुनहिलमा मात्र प्रवेश शुल्क र चियापसल सञ्चालनको ठेक्का रु. ५० लाख

पाउद्वार तातोपानी कुण्ड रु. २५ लाख, रातोपानी कुण्ड रु. ३ लाख न्यूनतम ठेक्का ।

सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनामा भने ठेक्का प्रस्ताव आएन ।

होटल–रेष्टुरेन्टबाट व्यवसाय कर (रु. ३० हजार) र सार्वजनिक जग्गा प्रयोगबापत बहालबटौली कर (रु. ३६ हजार)

गत वर्ष पर्यटनबाट मात्रै रु. १ करोड २७ लाख आम्दानी, यस वर्षको लक्ष्य रु. २ करोड १२ लाख ७५ हजार

पुनहिल र भुरुङ्ग–तातोपानीमा प्रवेश शुल्क : नेपाली रु. ५०, विदेशी रु. १५० ।

अन्नपूर्ण–४ नारच्याङमा घोडेपानी, पुनहिल, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ, महभिर झरना र तातोपानी कुण्डहरूले पर्यटक आकर्षित गर्दै आएका छन् ।

म्याग्दी, १४ असाेज । चालु आर्थिक वर्ष २०८२र८३ मा म्याग्दीको अन्नपूर्ण पर्यटकीय स्थलहरूबाट रु एक करोड १५ लाख आम्दानी गरेको छ ।

अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन र चमेनागृह सञ्चालन गर्न रु ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसैँलगत्तै सम्झौताको तयारी भएको छ ।

अन्नपूूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ५० लाख, पाउद्वार तातोपानी कुण्डको रु २५ लाख र रातातोपानीको रु तीन लाख न्यूनतम शूल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।

सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु १५र१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहालबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा रु एक करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै रु एक करोड २७ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीयस्थलको योगदान प्रमुख छ ।

पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरू रहेको यस गाउँपालिका–४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।

पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवद्र्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उहाँले बताए । रासस

म्याग्दी, १९ साउन । अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो ।

सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गएको हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण शुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताउनुभयो । अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ ।

अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताउनुभयो । रासस