काठमाडौँ, १५ चैत्र । संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका निष्कर्षहरू सार्वजनिक गर्न आग्रह गरेका छन्।

टर्कले ‘भयानक क्षतिको न्याय हुनुपर्ने’ कुरामा जोड दिँदै, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१औं सत्रमा आयोजित एक जरुरी बहसमा भिडियो सन्देशमार्फत प्राथमिक विद्यालयमा भएको बमबारीले ‘भयानक त्रास’ उत्पन्न गरेको बताएका छन्।

मिनाबको शजरेह तय्येबेह प्राथमिक विद्यालयमा भएको बमबारीले गहिरो त्रास जगाएको, कक्षाकोठा ध्वस्त भएको र शोकमा डुबेका अभिभावकहरूको तस्विरले युद्धको सबैभन्दा ठूलो मूल्य बालबालिकाले भोग्नु परेको स्पष्ट पारेको उनको भनाइ थियो।टर्कले भने, “देशहरूबीच जस्तोसुकै मतभेद भए पनि, विद्यालयका बालबालिकालाई मारेर ती समस्या समाधान हुँदैनन्।”

इरानमा द्वन्द्व बढ्दै जाँदा, अमेरिकी र इजरायली आक्रमणले घना बस्ती भएका आवासीय क्षेत्रहरूमा प्रहार गरेको, नागरिक पूर्वाधारहरू नष्ट भएको र परमाणु सुविधाहरूलाई निशाना बनाएको चेतावनी उनीहरूले दिएका छन्। उनले मध्यपूर्व र खाडी क्षेत्रमा सैन्य तनाव खतरनाक स्तरमा पुगेको र प्रत्यक्षरूपमा संलग्न देशहरूमा थप आक्रमण तथा नागरिक पीडा बढ्ने उच्च जोखिम रहेकोमा पनि जोड दिएका छन्।

काराकास । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार अस्वाभाविक रूपमा सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि शहरभर विस्फोटको गन्ध फैलिएको थियो भने त्रसित नागरिकहरू घरबाहिर निस्कन हिच्किचाएको देखिन्थे ।

आक्रमणपछि राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर सार्वजनिक भएपछि उनका केही सय समर्थकहरू राजधानीमा भेला भएर रिहाइको माग गर्दै नाराबाजी गरेका थिए । तर, त्यसबाहेक ६० लाख जनसंख्या भएको शहरका अधिकांश सडकहरू प्रायः खाली देखिएका थिए । काराकासकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटका आवाजले निद्राबाट ब्युँझिएको अनुभव सुनाउँदै आफू अत्यन्त डराएको बताइन् । स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको थियो । सुरुमा आतसबाजी ठानिएका ती आवाजले झ्यालहरू हल्लिएका थिए भने सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए ।

काराकासको प्रमुख सैनिक केन्द्र नजिकै पर्ने कोचे क्षेत्रका बासिन्दाले विमानको गर्जन अत्यन्त डर लाग्दो रहेको बताएका छन् । शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठिरहेको देखिएको थियो र वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको थियो । आक्रमणपछि सर्वसाधारणको आवतजावत निकै कम देखिएको छ ।

राजधानीका केन्द्रीय क्षेत्रमा कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित गस्ती गरिरहेका थिए । अधिकांश पसलहरू बन्द थिए भने केही खुलेका पसलमा पनि सीमित संख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो । विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । यद्यपि रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाएका छन् ।

 

 

वासिङ्टन डिसी, ८ असार । इरानका आणविक स्थलहरूमा अमेरिकी हवाई आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्।

ट्रम्पले सम्बोधनमा भने, “धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी छन्। अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठूला र सजिला हुनेछन्।”

उनले इरानका आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमा गरिएको आक्रमणलाई पूर्ण रूपमा सफल रहेको बताए र सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “सबै विमानहरू सुरक्षित रूपमा इरानी हवाई क्षेत्रबाट बाहिरिएका छन् र अमेरिका फर्किरहेका छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा अरू कुनै सेना यस्तो काम गर्न सक्दैनथ्यो।”

इरानमाथि आक्रमणपछि नेतान्याहूले पनि ट्रम्पको समर्थन गर्दै भने, “शक्ति मार्फत शान्ति आउँछ। पहिले शक्ति हुन्छ र त्यसपछि शान्ति।” ट्रम्पले चेतावनी दिएका छन् कि इरानले यदि शान्ति रोजेन भने, विगत आठ दिनमा देखेकोभन्दा धेरै ठूलो त्रासदी सामना गर्नेछ। उनले अब शान्तिको समय आएको भन्दै विश्वलाई शान्तिका लागि आह्वान गरेका छन्।

यता इरानी अधिकारीहरूले अमेरिकी वायुसेनाले इस्फहान, नटान्ज र फोर्डोमा रहेका तीन प्रमुख आणविक केन्द्रमाथि आक्रमण गरेको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि यी केन्द्रहरूमा सफल आक्रमण गरेको बताएका थिए।

इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्जका आणविक स्थल नजिकै आक्रमण भएको बताएका छन् भने, इरानको सरकारी मिडियाका उपराजनीतिक निर्देशक हसन अबेदिनीले टेलिभिजन प्रत्यक्ष प्रसारणमा यी स्थलहरू केही समयअघि खाली गरिएको जानकारी दिएका छन्।

अबेदिनीले भने, “ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु भनेको छैन, किनभने त्यहाँका संवेदनशील सामग्री पहिल्यै निकालिएको थियो।”

यसैगरी, कुम क्षेत्रको संकट व्यवस्थापन केन्द्रका प्रवक्ताले फोर्डो आणविक स्थलको एक हिस्सामाथि केही घण्टाअघि हवाई रक्षा प्रणाली सक्रिय भएपछि आक्रमण भएको जानकारी दिएका छन्।

यस घटनापछि इरान र अमेरिका बीचको तनाव अझ बढ्ने अनुमान गरिएको छ।