भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौँ, २८ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले अपराह्न ४ : ०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने प्रावधान छ । सोही अनुसार आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागेको हो ।

संयुक्त बैठक अपराह्न ३ : ४५ बजे सुरु हुने भएकाले त्यसअघि नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ । संयुक्त बैठकअघि अपराह्न २ : ०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रबारे जानकारी गराइनेछ । त्यसपछि मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ । साथै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० अनुसार जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गरिनेछ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

यस बजेट अधिवेशनमा सरकारले जारी गरेका आठवटा विभिन्न अध्यादेशहरू पनि पेस गर्ने कार्यसूची छ । तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ प्रमुख रहेका छन् ।

संसद् सचिवालयका अनुसार यी अध्यादेशहरू सङ्घीय संसद का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिनेछन् ।

 

 

काठमाडौँ, १२ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन बैशाख १२ गते दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुँदै छ। यो अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने छ।

बैठकको कार्यसूची

सभामुख देवराज घिमिरेले बैठकको अध्यक्षता गर्दै निम्न कार्यसूची अघि बढाउने छन्:

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बजेट र नीति तथा कार्यक्रम

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। यसअघि:

कानुनी प्रावधानअनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल सम्पन्न गर्नुपर्छ।

प्रमुख विधेयकहरू

यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने सरकारको प्राथमिकता रहेको छ। यी विधेयकहरू लामो समयदेखि संसद्मा विचाराधीन छन्।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते समाप्त भएको थियो। संविधानअनुसार राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशनमा सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्न सक्नेछन्। बजेट अधिवेशनलाई सरकारको नीति, कार्यक्रम र बजेटको मुख्य आधार मानिन्छ।