भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग

काठमाडौँ, ८ भदाै । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेको व्यक्तिको भ्रमणका विषयमा संसद र मन्त्रिपरिषद्लाई जानकारी हुनुपर्ने धारणा राखेका हुन् ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने उनको तर्क छ । प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित भ्रमणमा जाने भएकाले भ्रमणको प्रकृति र उद्देश्यबारे संसदलाई जानकारी गराउनुपर्ने उनले बताए ।

साम्पाङले मन्त्रिपरिषद् र संसदलाई समेत जानकारी नदिई प्रधानमन्त्री मुस्ताङ गएको भन्दै प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा राज्यका सुरक्षा संयन्त्र परिचालन हुने भएकाले त्यसलाई केवल निजी विषयका रूपमा लिन नहुने बताए ।

बैठकमा उनले बलात्कार तथा हत्याजस्ता गम्भीर अपराधमा दोषीलाई कडा कारबाही हुने व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखे । कानुन उल्लंघन गर्दा कारबाही हुन्छ भन्ने डर सिर्जना हुने वातावरण निर्माण गर्न नसके मुलुकमा अराजकता बढ्न सक्ने उनले चेतावनी दिए ।

उनले राज्यमा कानुनी शासन बलियो बनाउन तथा गम्भीर अपराधमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.