भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौं, २० मंसिर । निर्वाचन आयोगले आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ।

आयोगले निर्देशन दिएको उद्देश्य प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा आवश्यक सहयोग सुनिश्चित गर्नु, समावेशी–समानुपातिक प्रतिनिधित्व कायम राख्नु र सुशासनलाई मजबुत बनाउनु रहेको बताइएको छ।

निर्देशन अनुसार राजनीतिक दलले: प्रत्यक्षतर्फ उम्मेदवारी दिने क्रममा महिला उम्मेदवारको प्रतिनिधित्व एकतिहाईभन्दा कम नहुने व्यवस्था गर्नुपर्ने। लैङ्गिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवार मनोनयनको प्रक्रिया गर्नु पर्ने।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची आयोगमा समयमै पेश गरी त्यसको सार्वजनिकता सुनिश्चित गर्नु पर्ने। चुनावी प्रचारप्रसारमा धम्की, व्यक्तिगत लाञ्छना, चरित्र हत्या प्रयास वा विभेदजन्य कार्य नगर्ने

सामाजिक सञ्जालमा महिला र समावेशी समूहको भावनामा नकारात्मक असर पर्ने गलत वा द्वेषपूर्ण सूचना प्रवाह नगर्नेराजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताका लागि आचारसंहिता लागू गर्नु पर्नेसरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पत्तिको नोक्सानी/हानी पुर्याउने कार्य नगर्ने।

चुनावी घोषणापत्र आयोगमा पेश गरी त्यसको आधारमा प्रचारप्रसार गर्नु पर्ने।राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने सुनिश्चित गर्नु पर्ने।

निर्वाचन आयोगका अनुसार यी निर्देशनहरूले न्यायपूर्ण, पारदर्शी र समावेशी निर्वाचन सुनिश्चित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।