भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौं, २० फागुन । बूढानीलकण्ठ नगरपालिका–२ मा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ । स्थानीय क्षेत्रमा त्रास सिर्जना भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तल्लो भंगालस्थित मसला उद्योगदेखि चुनखेलतर्फ जाने सडक पेटीमा सेतो कागजले बेरिएको प्रेसर कुकर फेला परेको थियो । बूढानीलकण्ठ शंकास्पद वस्तुबारे सूचना प्राप्त भएपछि चन्दननाथ गणबाट खटिएको सेनाको टोली घटनास्थल पुगेको हो ।

उक्त वस्तु मंगलबार राति करिब १२ बजे देखिएको बताइएको छ । बिहान करिब ७ बजे सेनाको टोलीले आवश्यक सतर्कता अपनाउँदै प्रेसर कुकर निस्क्रिय पारेको जनाएको छ ।

निस्क्रिय बनाइएपछि कुकरभित्र सलाइको काँटी र इट्टाको टुक्रा फेला परेको सेनाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।