काठमाडौँ, ११ फागुन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सोमबार बिहान भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसमा चालकसहित ४४ जना सवार थिए, जसमध्ये २९ जना पुरुष र १५ जना महिला रहेका थिए । दुर्घटना राति करिब १:३० बजे भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली तथा स्थानीय बासिन्दाको सहकार्यमा उद्धार कार्य तत्काल सुरु गरिएको थियो ।
दुर्घटनामा घाइते भएका २५ जनालाई प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसीमा पठाइएको थियो । तीमध्ये गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
हाल १४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाण्डौ, ४ भाद्र । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा पालिकालाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सि भदौ ६ गते आर्थिक वर्ष २०८०र८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अर्थात् ९लिसा० मा उत्कृष्ट नतिजा ल्याएका पालिका तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।
मन्त्रालयले तीन नगरपालिका चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र धादिङको नीलकण्ठ तथा तीन वटा गाउँपालिका स्याङ्जाको अर्जुनचौपारी, धादिङको बेनीघाट रोराङ र गुल्मीको रुरु क्षेत्र गाउँपालिकालाई सम्मान गर्ने भएको हो ।
राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ । रासस