भर्खरै : Sorry, your browser does not support inline SVG.
नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान |

खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी

खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी

नुवाकोट, ४  असाेज । बाढीका कारण त्रिशूली अस्पताल जोड्ने पुल बगेर सम्पर्कविच्छेद भएपछि नुवाकोटका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा तथा मातृ सुरक्षा सेवा उपलब्ध गराउन बागमती प्रदेश सरकारले काम अघि बढाएको छ ।

खुट्टा भाँचिएर चिकित्सकले पूर्ण आराम गर्न सल्लाह दिए पनि बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय सचिव डा. सुमित्रा गौतम विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आफैँ खटिनुभएको छ । स्वास्थ्य सेवाको निरन्तरता र प्रभावित नागरिकलाई तत्काल उपचारको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै डा. गाैतम नेतृत्वको टोली नुवाकोटमा सक्रिय भएको हो ।

२०८३ भदौ १० गते बाढीको सूचना प्राप्त हुनासाथ प्रदेश सरकारअन्तर्गतका इमर्जेन्सी मेडिकल टिम (EMT) तथा र्‍यापिड रेस्पोन्स टिम (RRT) लाई तत्काल परिचालन गरिएको सचिव गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका टोखा चण्डेश्वरी अस्पताल, बज्र बाराही अस्पताल र भक्तपुर अस्पतालका मेडिकल टिमलाई सूचना प्राप्त भएको करिब तीन घण्टाभित्र नुवाकोट पुर्‍याएर आकस्मिक स्वास्थ्य सेवा सुरु गरिएको थियो ।

त्रिशूली अस्पताल जोड्ने मुख्य पुल बगेर सम्पर्कविच्छेद भएपछि वारि विदुर क्षेत्रमा रहेका नागरिकका लागि वैकल्पिक स्वास्थ्य सेवा व्यवस्था गर्न अस्थायी बर्थिङ सेन्टर र इमर्जेन्सी बेसिक हेल्थ सर्भिस सेन्टर (EBHSC) स्थापना गर्ने तयारी अघि बढाइएको छ ।

आफ्नो स्वास्थ्यको समेत पर्वाह नगरी नागरिकको स्वास्थ्य र जीवनरक्षालाई प्राथमिकतामा राखेर आफूहरू निरन्तर फिल्डमा खटिइरहेको सचिव डा. सुमित्रा गौतमले बताउनुभयो । विपद्को समयमा प्रभावित नागरिकले तत्काल स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकारका स्वास्थ्य टोलीहरू आवश्यकताअनुसार निरन्तर परिचालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.