भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट

युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट

सुनसरी, ४ असाेज । युवतीको विषयमा भएको विवादले सुनसरीको देवानगञ्जमा गोली चलेको छ । गोली लागेर १९ वर्षीय नीरजकुमार यादव घाइते भएका छन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको दायाँ खुट्टाबाट चिकित्सकहरूले गोली निकालेका छन् ।

देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जका स्थानीय यादवलाई शनिबार साँझ गोली प्रहार भएको हो । उनको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगञ्ज–२ का जयकिशोर यादव र विष्णुकुमार यादव रहेका छन् । जयकिशोर यादवलाई ‘लाली’ भनेर चिनिने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभयो । फरार व्यक्तिहरूको पहिचान खुलेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार युवतीको विषयमा भएको विवादका क्रममा गोली प्रहार भएको देखिएको छ । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताउनुभयो ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति र घाइते यादव पूर्वपरिचित हुन् । घटनास्थल तथा पक्राउ परेका व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते यादवको शरीरबाट निकालिएको बुलेट परीक्षण गरिने भएको छ । उक्त परीक्षणपछि गोली कुन हतियारबाट प्रहार भएको थियो भन्ने विषयमा थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.