भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने

नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने

काठमाडौँ. ४ असाेज । बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण नेपालमा ठूलो वर्षा हुन सक्ने सम्भावना देखिएको छ । तर प्रणाली कुन दिशातर्फ अघि बढ्छ र यसको गति कस्तो हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

मौसम विज्ञहरूका अनुसार प्रणाली पश्चिम–उत्तर दिशातर्फ अघि बढेमा नेपालमा यसको प्रभाव थप बढ्न सक्छ । चक्रवातको केन्द्र नेपालमा नपरे पनि बाहिरी प्रभावका कारण विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

तराई, चुरे र महाभारत क्षेत्रमा बढी प्रभावको सम्भावना

विभिन्न मौसम पूर्वानुमान मोडलले प्रणालीको प्रभाव पर्ने क्षेत्रबारे फरक–फरक अनुमान देखाएका छन् । केही मोडलले पूर्वी नेपालमा बढी वर्षा हुने देखाएका छन् भने केहीले मध्य तथा पश्चिम नेपालमा प्रभाव पर्ने सङ्केत गरेका छन् ।

समग्र पूर्वानुमानअनुसार नेपालको दक्षिणी भूभाग, विशेषगरी तराई, चुरे तथा महाभारत आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने सम्भावना छ । लुम्बिनी क्षेत्रसहित तराईका केही भागमा प्रणाली जुन दिशाबाट अघि बढे पनि वर्षाको प्रभाव पर्न सक्ने देखिएको छ ।

प्रणालीको गति पनि वर्षाको मात्रा निर्धारण गर्ने मुख्य पक्ष हुनेछ । प्रणाली बिस्तारै अघि बढेमा धेरै दिनसम्म लगातार वर्षा हुन सक्छ भने तीव्र गतिमा अघि बढेमा छोटो समयमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना हुन्छ ।

दुई–तीन दिनमा ५ सयदेखि ७ सय मिलिमिटरसम्म वर्षाको सम्भावना

मौसम विज्ञहरूले दुई–तीन दिनको अवधिमा ५ सयदेखि ७ सय मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताएका छन् । छोटो अवधिमा अत्यधिक वर्षा भएमा बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्छ ।

विशेषगरी तराईका होचा भूभाग तथा यसअघि नै बाढी र डुबानबाट प्रभावित क्षेत्रमा नयाँ वर्षाले थप समस्या निम्त्याउन सक्ने देखिएको छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले अनावश्यक आवतजावत नगर्न र यात्राका क्रममा विशेष सावधानी अपनाउन आवश्यक छ ।

मौसमको अवस्था हेरेर कृषि कार्य गर्न आग्रह

धान भित्र्याउने समय नजिकिँदै गए पनि तत्कालै हतार गरेर बाली भित्र्याउनुपर्ने अवस्था नरहेको मौसम विज्ञहरूले बताएका छन् । तर धान पाकिसकेका क्षेत्रमा मौसमको अवस्था हेरेर मात्र बाली भित्र्याउने वा अन्य व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

प्रणालीको वास्तविक मार्ग, गति र प्रभाव आगामी एक–दुई दिनमा थप स्पष्ट हुँदै जाने अनुमान गरिएको छ । बिहीवारसम्ममा नेपालमा पर्ने सम्भावित प्रभावबारे थप यकिन गर्न सकिने देखिएको छ । यस अवधिमा सर्वसाधारणले मौसम पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रमा नजान र यात्रा, कृषि तथा अन्य गतिविधिको योजना मौसमको अवस्थाअनुसार बनाउन आवश्यक छ ।

 


Thali Mobile Pvt.Ltd.