भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता

क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता

मुख्य बुँदा

क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन १८ अस्पतालसँग सम्झौता ।

मुटु रोगका लागि ३ अस्पतालसँग सम्झौता ।

क्यान्सर उपचारका लागि १३ सूचीकृत अस्पतालसँग सम्झौता ।

स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौता ।

प्रदेशका बिरामीले तोकिएका अस्पतालबाट सहुलियतपूर्ण उपचार पाउने ।

काठमाडौं, ३ असाेज । बागमती प्रदेश सरकारले क्यान्सर र मुटु रोगका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउन १८ वटा अस्पतालसँग सम्झौता गरेको छ । प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीको उपस्थितिमा मन्त्रालयका स्वास्थ्य सचिव र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार मुटु रोगको उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर र भरतपुर अस्पतालसँग सम्झौता गरिएको छ ।

त्यस्तै, क्यान्सर रोगको उपचारका लागि १३ वटा सूचीकृत अस्पतालसँग सम्झौता भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय सचिव डा. सुमित्रा गौतमले सम्झौतासँगै बागमती प्रदेशभित्रका क्यान्सर तथा मुटु रोगका बिरामीले तोकिएका अस्पतालबाट निर्धारित सहुलियत तथा उपचार सेवा सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी दिनुभयाे ।

प्रदेश सरकारको उद्देश्य आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई मध्य नजर  गर्दै बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु भएकाे सचिव  गाैतमले बताउनुभयाे ।

सम्झौतापछि तोकिएका अस्पतालबाट बिरामीले प्रदेश सरकारले निर्धारण गरेको मापदण्डअनुसार सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.