भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एजेन्सी । जापानमा बेरोजगारी दर लगातार तेस्रो महिनासम्म २.६ प्रतिशतमै स्थिर रहँदा बेरोजगारहरूको संख्या भने उल्लेख्य रूपमा बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार बेरोजगार संख्या १८ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो महिनाभन्दा २.२ प्रतिशतले वृद्धि भएको हो ।

रोजगारप्राप्त जनसंख्या ६८ लाख ४६ हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारमध्ये ४ लाख ६० हजारले अनिच्छापूर्वक जागिर गुमाएका छन्, जसमा गत महिनाबाट ७ प्रतिशत वृद्धि भएको छ।  नयाँ जागिर खोज्ने नागरिकहरूको संख्या पनि बढेर ५० हजार पुगेको छ, जुन ४.२ प्रतिशत वृद्धि हो ।

महिला कामदारको संख्या ३१ लाख ५९ हजार पुगेको छ, जो जनवरी १९५३ पछि सबैभन्दा उच्च स्तर मानिन्छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, अक्टोबरमा जापानको रोजगार उपलब्धता अनुपात १.१८ रहेको छ । यसको अर्थ, १०० रोजगार खोज्ने व्यक्तिका लागि ११८ रोजगारी अवसर छन् । यो अनुपात जनवरी २०२२ पछि पहिलो पटक १.२० भन्दा तल झरेको हो ।

मन्त्रालयले स्व–चेकआउट प्रणालीको बढ्दो प्रयोग र न्यूनतम तलबमा भएको वृद्धिले रोजगार उपलब्धतामा प्रभाव पारेको बताएको छ ।