भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौं, ५ साउन । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत अवस्थामा फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्या प्रकरणमा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दैलेखका रमेश बुढालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी सुनुवार असार ३ गते गेस्टहाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपी रमेश बुढाले आफ्नो एक लाख रुपैयाँ चोरी भएको आरोप लगाउँदै सुनुवारसँग विवाद गरेका थिए। त्यसक्रममा उनले आफ्नै कम्मरमा लगाएको बेल्ट प्रयोग गरी घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा हत्या भएपछि शव गेस्टहाउसको पलङभित्र लुकाइएको र केही दिनपछि दुर्गन्ध फैलिएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा दानबहादुर शाहीलाई पनि सोधपुछका लागि काठमाडौं ल्याइएको भए पनि हालसम्मको अनुसन्धानले हत्या घटनामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।