भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काठमाडाैं, ३० जेठ । सेफ सन्तोष साहलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको छ । उनलाई गएराति जनकपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ ।

काठमाडौँको गैरीधारामा रहेको एक रेष्टुरेन्ट खरिदसम्बन्धी विषयमा पुरै रकम नदिएको आरोप लगाउँदै सकुन्तला थापा (अधिकारी)ले साहविरुद्ध उजुरी दायर गर्नुभएको थियो । सोही उजुरीका आधारमा बैंकिङ कसुरको मुद्दा अघि बढाइएको हो ।

जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट साहलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौँ,  १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो । सल्यान स्थायी घर भएका ६५ वर्षीय रायमाथि बैंक सञ्चालनको नाममा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

सीआईबीका अनुसार रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा चलाइएको छ । नेपाल राष्ट्र बैंकको समन्वयमा घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ । कर्णाली डेभलपमेन्ट बैंक यसअघि नै समस्याग्रस्त बैंकको सूचीमा परेर निगरानीमा राखिएको थियो ।

रायको गिरफ्तारीसँगै बैंकमा भएको वित्तीय अनियमितताको पृष्ठभूमि बाहिर आउने अपेक्षा गरिएको छ ।

काठमाडौँ, १० जेठ ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने ४४ वर्षीय सुदिप अर्याल रहेका छन् । जिल्ला अदालत चितवनबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका अर्याललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अर्याललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ । यो घटनाले बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूमाथि प्रहरीको सक्रियता र निगरानी बढेको देखाउँछ ।