भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौँ, २३ जेठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी सुरु गर्दै सरोकारवालाबाट सुझाव माग गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले आउँदो असार ५ गतेभित्र इमेलमार्फत सुझाव पठाउन सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिसम्बन्धी सुझाव इमेल monetarypolicy@nrb.org.np मार्फत पठाउन सकिनेछ। प्राप्त सुझावहरूलाई आगामी मौद्रिक नीति निर्माण प्रक्रियामा समेटिने बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आगामी साउन १५ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। यसअघि विभिन्न आर्थिक सूचकहरूको अध्ययन र सरोकारवालाको सुझावका आधारमा नीति अन्तिम रूप दिइनेछ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण देखिएको अधिक तरलता, महँगीको दबाब तथा ब्याजदर घट्दो प्रवृत्ति प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

यी चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई स्थिर र सन्तुलित बनाउन मौद्रिक नीति महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले निजी क्षेत्र, विज्ञ, बैंक तथा वित्तीय संस्था र सर्वसाधारण सबैलाई सुझाव दिन आग्रह गरेको छ।