भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

मुख्य बुँदाहरू

एयर इन्डिया विमान दुर्घटना अनुसन्धान जारी।

एएआईबीले प्रारम्भिक रिपोर्टबाट हतारमा निष्कर्ष निकाल्न नहुने चेतावनी।

केही अन्तर्राष्ट्रिय मिडियाले अपुष्ट सूचनामा दोषारोपण गरेको आरोप।

बोइङ ७८७–८ विमानको दुर्घटनामा २६० जनाको मृत्यु।

अनुसन्धान निष्पक्ष र सावधानीपूर्वक भइरहेको छ।

एजेन्सी, २ साउन । एयर इन्डियाको विमान दुर्घटनाको अनुसन्धान जारी रहेको छ। ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ (एएआईबी) ले प्रारम्भिक रिपोर्टका आधारमा निष्कर्ष निकाल्न हतार नगर्न सबैसँग आग्रह गरेको छ।

एएआईबीका महानिर्देशक जी.भी.जीं युगंधरले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै केही अन्तर्राष्ट्रिय मिडियाले अपुष्ट सूचना सार्वजनिक गरी पाइलटमाथि दोष लगाउन खोजेको विषयमा आलोचना गरेका छन्। उहाँले भने, “यो गैरजिम्मेवारपूर्ण कार्य हो र यसले अनुसन्धानको निष्पक्षतालाई असर पुर्‍याउन सक्छ।”

गत जेठ २९ गते अहमदाबादबाट लन्डनको गैटविक एयरपोर्ट जाँदै गरेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडानपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यस दुर्भाग्यपूर्ण दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो।

एएआईबीले सबै पक्षबाट प्राप्त तथ्यांकको आधारमा सावधानीपूर्वक अनुसन्धान गरिरहेको छ र छिट्टै विस्तृत रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ।