भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा सम्पन्न तीनदिने क्षमता अभिवृद्धि तालिम समापन भएको छ। समापन तथा पुरस्कार वितरण कार्यक्रम कलेज परिसरमा सम्पन्न भयो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले ख्वप समूह अन्तर्गत सञ्चालित कलेजहरू शिक्षा क्षेत्रमा अनुकरणीय भूमिका खेलिरहेको भन्दै कलेजहरूले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो।

नगर प्रमुख प्रजापतिले शिक्षाले अनुशासित, जागरूक र जिम्मेवार नागरिक उत्पादन गर्नु पर्ने उल्लेख गर्दै शिक्षकहरूले अनुसन्धानमुखी र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। साथै, उहाँले देशको समसामयिक तथा ऐतिहासिक ज्ञान विद्यार्थीलाई दिन जरुरी भएको उल्लेख गर्दै नयाँ पुस्तालाई राष्ट्रसेवामुखी बनाउने दिशामा शिक्षकहरू क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कलेजका प्राचार्य इन्जिनियर सुजन माकले तालिमले शिक्षक र कर्मचारीको दक्षता अभिवृद्धिमा योगदान पुर्‍याएको बताउँदै कलेजले आगामी दिनमा पनि आवश्यकता अनुसार यस्ता तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले ख्वप इन्जिनियरिङ कलेजले चाँडै नै ४८ सिट क्षमताका बीसीए (BCA) र बिटिआई (BIT) कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पनि बताउनुभयो ।

कलेजका अर्का प्राचार्य इ. सुनिल दुवालले तीन दिने तालिममा ९३ जना सहभागी रहेको जानकारी दिँदै विश्वविद्यालय अनुदान आयोगलाई सहकार्यका लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले तालिम प्रभावकारी र उपलब्धिमूलक रहेको विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि तालिमको निरन्तरता रहने उल्लेख गर्नुभयो।

त्यसैगरी उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ र रत्नशोभा प्रजापतिले तालिमले सैद्धान्तिक मात्र होइन, व्यवहारिक ज्ञान पनि दिएको बताउँदै कार्यस्थलमा देखिने समस्याहरू समाधान गर्न मद्दत पुग्ने प्रतिक्रिया दिनुभयो।