भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख दर्शकले अवलोकन गरेका छन्।

भक्तपुरको सल्लाघारीमा चैत २८ गतेदेखि १२ दिनसम्म सञ्चालित यो महोत्सव औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा सम्पन्न भएको हो । महोत्सवमा करिब १०० वटा स्टल, बाल उद्यान र मनोरञ्जनात्मक स्थलहरू समावेश थिए। आयोजकका अनुसार महोत्सवमा २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता, कृषि उत्पादन र हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीमा राखिएको जानकारी दिए।

महोत्सवका संयोजक दीपक थापाले समापन समारोहमा वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेललाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको बताए। साथै, सिद्दी स्मृति भक्तपुर फुटबल क्लबलाई पनि कदरपत्रसहित सम्मान गरिएको उनले उल्लेख गरे।

भक्तपुर, ७ बैशाख । नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२ भक्तपुरको सल्लाघारीमा जारी छ। भोलि चैत ८ गते महोत्सवअन्तर्गत विशेष सांगीतिक कार्यक्रममा चर्चित गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डद्वारा आयोजित यो महोत्सवले भक्तपुरलाई उद्योग, संस्कृति र कृषिको संगमका रूपमा चिनाउने लक्ष्य राखेको छ। सांगीतिक कार्यक्रमको टिकट मूल्य मात्र १०० रुपैयाँ तोकिएको छ।

महोत्सवमा राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध छ। महोत्सव प्रवेशका लागि टिकट शुल्क ८० र ५० रुपैयाँ कायम गरिएको छ।

भक्तपुर,  ३ बैशाख । नयाँ वर्ष,  नयाँ सोच,  युवाहरुको लागि प्रगतिको स्रोत भन्ने मूल नाराका साथ भक्तपुरमा आयोजित नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेकाे छ। महोत्सवको सातौं दिनसम्म करिब १ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका छन्।

भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा चैत २८ गतेदेखि सुरु भएको यो महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता, हस्तकला, कृषि औजार, मोबाइल, इलेक्ट्रोनिक्स सामग्री र अटोमोबाइल प्रदर्शनी तथा बिक्रीका लागि स्टलहरू राखिएको जानकारी दिनुभयो।

महोत्सव संयोजक दीपक थापाले स्थानिय हस्तकला र कृषि उत्पादनलाई प्राथमिकता दिइएको बताउनुभयो। बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ, रोटेपिङ, रेनजर र मारुती सर्कसजस्ता आकर्षणहरू पनि मेलामा छन्। पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सव, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, हास्य व्यंग्य, फेसन याप र नृत्य प्रतियोगिता पनि मेलाका मुख्य आकर्षण हुन्।

संस्थाका कोषाध्यक्ष प्रीतम मल्लका अनुसार, महोत्सवमा १५० स्टल छन् र सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा प्रवेश शुल्क रु. ५० र रु. ८० तोकिएको छ। विद्यार्थीलाई ५० प्रतिशत र जेष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। बैशाख १३ गते भक्तपुर सांगीतिक साँझ-२०८२ को आयोजना हुने र चर्चित गायक-गायिकाहरूको प्रस्तुति रहने जानकारी पनि दिइएको छ।