भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौँ, १८ असाेज । शुक्रवार बेलुकीदेखि परेको पानीका कारण काठमाडौँ उपत्यकाको जनजीवन अस्तव्यस्त बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा अझ बढेको छ।

अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६ मिलिमिटर, ललितपुरमा ९.८ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। लगातारको वर्षाले सडकमा पानी जमेको, ट्राफिक प्रभावित र यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ।

उपत्यकासँगै तराईका विभिन्न स्थानमा पनि वर्षा भइरहेको विभागले जानकारी दिएको छ। पछिल्लो एक घण्टामा पर्सामा १० मिलिमिटर र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ भने महोत्तरी र धनुषासम्म निरन्तर वर्षा भइरहेको उल्लेख गरिएको छ।

पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी वर्षा कैलालीको गर्भा क्षेत्रमा ८३.२ मिलिमिटर रेकर्ड भएको विभागले जनाएको छ। त्यसैगरी १२ घण्टाको अवधिमा पर्सामा ४० मिलिमिटर र बारामा २८ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि पनि देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी जारी गरेको छ। विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र सावधानी अपनाउन आग्रह गरेको छ।