भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै | फिर्के खोलामा चल्यो महानगरको डोजरस् हट्दै अतिक्रमण, बन्दै करिडोर |

भक्तपुर, १८ चैत । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको विरोधमा सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। प्रदर्शनका क्रममा रजक आगलागीमा जलेर मारिएका थिए ।

आन्दोलनकारीहरुले अन्नपूर्ण पोष्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यस्तै हिमालयन टेलिभिजनको सवारीमा क्षति, फाेटाे खिचैकै भरमा पत्रकार दिनेश गौतममाथि हातपात गर्दा खुट्टा भाँचिएको थियाे भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो।

महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै हत्याको गहिरो अनुसन्धान गरी दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेकाे छ । त्यस्तै स्वर्गीय पत्रकार रजकको परिवार र क्षतिग्रस्त सञ्चारगृहलाई क्षतिपूर्तिकाे समेत माग गरेकाे छ । आन्दोलनकारी क्रममा घाइते पत्रकारको उपचार र प्रेस स्वतन्त्रताको सुरक्षाको माग गरेको छ।

त्यसैगरी विगतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा हननका घटनामा संलग्नलाई पनि कानूनी कारबाही गर्न माग गरिएको छ। एक साताभित्र माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ।