भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अछाम, १३ भदौ । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान भीरबाट खसेको ढुङ्गाले पालमुनि सुतिरहेका तीन जनालाई च्याप्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् ।

मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते रत्ना भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ र उनलाई नेपालगञ्ज अस्पताल रेफर गर्ने तयारी भइरहेको छ ।

प्रहरीका अनुसार, महिनावारीका बेला महिलाहरूले खेतमा पाल टाँगेर सुतेका थिए । अचानक भीरबाट खसेको ठूलो ढुङ्गाले उनीहरूलाई च्याप्दा सो घटना भएको हो । घाइते रत्ना भण्डारीलाई स्थानीय स्वास्थ्यचौकी बारलामा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घटना भएको ठाउँमा शोकको छाया छाएको छ भने घटनाले स्थानीयहरूमा त्रास फैलाएको छ । मृतकहरू माइतीघरबाट आएका थिए र खेतमा आराम गर्ने क्रममा यस प्रकारको दुःखद घटना भएको प्रहरीले जनाएको छ ।