भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौं । बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त सम्पन्न भएको छ । निर्माण टिमले आज कीर्तिपुरमा पूजा समारोह आयोजना गरी चलचित्रको शुभमुहूर्त गरेको हो। मुहूर्तसँगै सिनेमाको छायांकन पनि औपचारिक रूपमा सुरु भएको छ।

शुभमुहूर्त समारोहमा चलचित्रका अधिकांश प्रमुख कलाकारहरू सहभागी थिए। मुहूर्त सट लिएपछि निर्माण पक्षले छायांकनको पहिलो चरण थालनी गरेको छ। ‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल र किरण श्रेष्ठजस्ता कलाकार मुख्य भूमिकामा देखिनेछन्। निर्माता विनोद पौडेलले कथाअनुसार बलियो कलाकार टिम छनोट गरिएको बताए।

‘पूर्ण बहादुरको सारङ्गी’जस्तो सर्वकालीन हिट सिनेमा निर्माण गरेका पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते प्रदर्शनमा आउने जानकारी दिए। सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाको द्वन्द्वलाई संकेत गरेको छ। कथावस्तुमा पैसाको लोभमा चक्रव्यूहमा फस्ने र त्यसबाट बाहिर निस्कने प्रयास गर्ने पात्रको संघर्ष मुख्य विषय बनेको छ।

सेभेन सिज सिनेमाको ब्यानरमा बन्न लागेको यो चलचित्र सुशान्त गौतमले निर्देशन गर्दैछन्, जुन उनको पहिलो निर्देशकीय परियोजना हो। स्क्रिप्ट लेखन मुकेश खनालले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा जोडिएका छन्। थापाले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए। विनोद पौडेल र गुञ्जन गिरी सिनेमाका निर्माता हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको भूमिकामा छन्। छायांकन शरद महतोले सम्हाल्नेछन्।

‘अभिमन्यु’ विश्वभर नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुनेछ।